
बागलुङ /स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा एकीकृत स्वास्थ ब्यवस्थापन प्रणाली सम्बन्धि डाटा इन्ट्रि गर्ने स्वास्थ्यकर्मीहरुकाे लागि ३ दिनकाे तालिम सम्पन्न भएको छ।
जिल्लाका स्वास्थ्य संस्थाहरुमा कार्यरत २८ जना स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटा गलकाेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, जनस्वास्थ्य अधिकृत सुशील पाैडेल लगायतका बक्ताहरूले कार्यक्रम बारे प्रकाश पार्नुभएकाे थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले गर्नु भएको थियो ।स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्मा र गलकाेट नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुशील पाैडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
अहिले भएको तालिम बाट स्वास्थ संस्थामा आउने बिरामीको दाता भनेको बखत हेर्न सक्ने भएको हुदा यसले फाइदा पुग्ने देखिन्छ ।












