समाचार

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

फागुन १८, भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ। शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। पुरा पढौ

हलगोरु पाल्नेलाई दश हजार अनुदान दिने जैमिनी नगरपालिकाले

बागलुङ । आधुनिकता संगै भएका युवा जनशक्ति राेजगारीकाे लागि बिदेशीने क्रम बढेसंगै गाउँ घरमा खेतीपाती गर्ने किसानले परम्परागत रूपमा पालिने गाेरूजाेतेर खेती गर्न छाडेपछि किसानलाई गाेरू पालेर खेती गर्न प्राेत्साहन गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने कार्यक्रम ल्याएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत… पुरा पढौ

चाेरीका घटना बड्याे पर्वत फलेवासमा लाखौंको धनमाल चाेरी

पर्वत / पर्वत जिल्ला फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थान खौला बस्ने सुशील श्रेष्ठको श्रीमती पस्मिना श्रेष्ठको घरमा चाेरी भएको छ । घरको ढोकाको चाबि मिलाई घर भित्र प्रबेस गरेर दराज तोडफोड गरि भित्र रहेको सुनका गर गहनाहरु र नगद पैसा चोरी गरि लगेको पस्मिना श्रेष्ठले बताए । चाेरी भएको घटनाको अनुसन्धान गरि चोरी गर्ने ब्यक्ति पत्ता लगाई कारबाही गरि दिन सम्बन्धित निकायमा अनुरोध गरेको पस्मिना श्रेष्ठले बताए ।बुट्टावाला १ तोलाको सुनको बाला थान-१ सुनको मिनिहार ३ तोलाको थान-१ कालो… पुरा पढौ

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ, १७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक रहेको बताउनु भएको छ । चालु आर्थिक बर्षकाे नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने प्रधानमन्त्री दाहालले बतानुभयो । पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारवाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अब… पुरा पढौ

माओवादी केन्दले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं / नेकपा माओवादी केन्द्रले अहिले हुन गइरहेको राष्ट्रिय सभाकाे निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।  आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज तय गर्नुका साथै राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो । त्यस्तै पार्टीले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि चलाउने र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णयपनि गरेको छ ।  माओवादीले कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा सचिव लिलामणि पोखरेल, वागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा सचिव… पुरा पढौ

संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवासमा फुटपाथमा पैदल हिड्न प्रशासनको अवरोध

काठमाडौं /सरकारले राजधानीका कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध लगाएको छ। काठमाडौंका प्रमुख केन्द्रलाई चार महिनादेखि निषेधित क्षेत्र बनाएको सरकारले फेरि फुटपाथमा समेत मंगलबारदेखि हिड्न प्रतिबन्ध लगाएको हो । सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेकाेमा आवश्यक रणनीति बनाउनुको सट्टा सरकारले संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बाहिरको पैदलयात्रीलाई अवरोध गरेको हो । नयाँ वानेश्वरस्थित संघीय संसद् भवन परिसर वरपर फुटपाथमा डोरीले घेराबारा लगाइएको छ। यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई हिँडडुलमा रोक… पुरा पढौ

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ : प्रधानमन्त्री

काठमाडौँ, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताउनुभएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । “प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कलाकारिताकाको माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।” नेपालको प्राकृतिकरूपमा सुन्दर र मौलिक प्रकृतिको रहेको उल्लेख गर्दै… पुरा पढौ

घुम्टे युवा परिवारको अधिवेशन अध्यक्षमा साहानी चयन

बागलुङ / झण्डै ४ दशक देखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको घुम्टे युवा परिवार संस्था बागलुङको १६ आ‌‌ैं अधिवेशन बागलुङको गलकाेटमा सम्पन्न भएको छ । वि. सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन हुनु भएको छ । अधिवेशनले उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन हुनुभएको छ… पुरा पढौ

हाेमस्टेका पिता स्वर्गिय रूद्रमान गुरूङकाे शालिक अनावरण

बागलुङ / नेपालका होमस्टे पिता स्व.क्यापटेन रुद्रमान गुरुङको शालिक गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले एक समारोहका विच आज अनावरण गर्नु भयो । इतिहासको पानामा राम्रो काम गरेकाे हुदा सम्झना स्वरुप शालिक निर्माण भएको थापाले बताए। उहाँले अर्गानिक खेती गरेर स्थानिय उत्पादन होमस्टेमा प्रयोग गर्नु पर्ने बताउदै पर्यटनको दृष्टिकोणले ज्यादै सम्भावना बोकेको भकुण्डेमा पुर्वाधार विकास गर्नमा सहयोग गर्ने धारणा राख्नु भएको थियो । स्याङ्जा जिल्लाको आँधी खोला अवस्थित सिरुवारी गाउँ र बागलुङ जिल्लाको बागलुङ नगरपालिका… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र काठमाडौ महिला समूहले २१ जना जेष्ठ नागरिक आमाहरूलाइ सम्मान गर्या

काठमाडौं /ब्यापार ब्यवसाय लगायतका सिलसिलामा राजधानीलाइ कर्म क्षेत्र बनाउदै आएका बागलुङ समाज कल्याण महिला समूहले डेढ दशक देखि सामाजिक गतिविधि लाइ सक्रियता पुर्वक अगाडि बढाउदै आएको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहलेआफ्नो समूह स्थापना भएको १७ बर्ष पुगेको अवसरमाएकसाथ २१ जना जेष्ठ नागरिक आमाहरूलाइ सम्मान गरिएकाे हाे । कार्यक्रममा ७५ बर्ष उमेर नाघेका २१ जना जेष्ठ नागरिक आमाहरूलाई दाेसल्ला आ‌ेढाएर सम्मान गरिएको थियोे । ९६ जना आजीवन रहेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौ महिला समूहले प्रत्येक महिनाको… पुरा पढौ