बागलुङमा प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

-


     हिडन खबर    
     असार ७ गते २०८१ मा प्रकाशित


बागलुङ /बालबालिकामा गरेको लगानी ल्याउछ सुन्दर विहानी भन्ने नारासाथ बालमैत्री नगर घाेषणाकाे कार्यनयनकाे लागि आयोजीत प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगिता बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सन्दर्भमा बिद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गरिएकाे कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ भित्रका सहभागी ९ वटा सामुदायिक र संस्थागत विद्यालयका बिद्यार्थीले हस्तलेखन प्रतियोगितामा सहभागी बनेका थिए ।

वडा बालमैत्री समिति तथा वडा बाल संजाल बागलुङ नगरपालिका ३ काे आयोजना बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे समन्वयमा भएको प्रतियोगितामा प्रथम आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय ,द्वितीय गुराँस विद्या सदन ,तृतीय धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयका बिद्यार्थी भइ प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रमसँग सम्बन्धित जानकारी विद्यामन्दिर माध्यमिक विद्यालयका सूचना अधिकारी कुलराज शर्माले दिएका थिए कार्यक्रमको सञ्चालन विद्यामन्दिर माध्यमिक विद्यालयकी शिक्षिका माया शर्मा।