समाचार

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरबाट नेपाल–भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा… पुरा पढौ

प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा विद्युत व्यापार क्षेत्रीयस्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त… पुरा पढौ

सरकारकाे विकल्प खाेज्ने

बागलुङ / नेत्र बिक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टी बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरेर समसामयिक बिषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । नेपाल कम्युनिस्ट पार्टीकाका पाेलिट ब्युराे सदस्य आजादले अन्तर्राष्ट्रिय परिस्थिति राष्ट्रिय परिस्थिति आगामी दिनमा यो सरकार कसरी चलिरहेको छ यसको विकल्प के हुन सक्छ भन्ने बारे चर्चा गरेका थिए । अहिले वर्तमान राजनीति परिस्थितिका कारण युवाहरू बिदेशीन बाध्य हुने जनतामा एक प्रकारको निराशा छाइरहेकाे कारण नयाँ उडाइरहेका पार्टीहरू आकर्षित हुन खाेजे पनि माआ‌ेवादीमा ठूलो त्याग तपस्या गरेको नेताहरू… पुरा पढौ

कालीगण्डकीका शिलाको उत्खनन रोक्न ‘भगवान नाम’ चित्राङ्कन

पर्वत / कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेका कारण शालग्राम शिला र सिङ्गो नदी प्रणाली बचाउन नदीका शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ । आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔं अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । कार्यक्रममा सयौंको संख्यामा मानिसहरूले गण्डकी स्नान गरि हरिहर नाम संकृतन गर्दै शालग्राम भगवानको विभिन्न अवतारका नाम शिलाङ्कित गरेका हुन । कुनै हालतमा पनि कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण… पुरा पढौ

खानेपानीका अध्यक्ष केवी रानामगरले गरे राजीनामा

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केवी रानामगरले आफ्नो पदबाट राजीनामा दिएका छन् । यहीँ पाैष २८ गते भएको अधिवेशन बाट खानेपानी संस्थाका अध्यक्षमा निर्वाचित भएका रानामगरले आफ्नो कार्यकालमा खानेपानीका आम उपभोक्ता लाई २४ घण्टा सफा शुद्व पानी खुवाउने उदेश्यका साथ आएकोमा अहिले संस्था भित्र बाटै काम गर्ने वातावरण नभएको कारण देखाएर राजीनामा पेश गरेका छन् । संस्था भित्रका केही मित्रहरूले संस्थाकाे भावना बुझ्न नसकेको कारणले आम उपभोक्ता लाई सफा शुद्व खानेपानी खुवाउन बाढा अड्चन देखापरेको… पुरा पढौ

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना यात्रु घाइते

चितवन / माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा मंगलबार बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना यात्रु घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ ,घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग… पुरा पढौ

अग्नी पीडितलाई राहत सहयोग

बागलुङ ।फुर्सै बराहताल सामाजिक संस्थाले अग्नी पीडितलाई राहत स्वरूप नगद सहयोग प्रदान गरेकाे छ । बागलुङ जिल्ला तमान खाेला गाउँ पालिका वडा नम्बर २सिल्गुम सामुदायिक बनमा लागेको आगलागी नियन्त्रण गर्न जाँदा मृत्यु भएका आगलागीमा परि घाइते भएका ब्यक्ति लाइ राहत स्वरूप सहयोग गरेको संस्थाले जनाएको छ । आगलागीबाट घाइते भएका प्रेमबहादुर घर्ती मगर र ज्ञान बहादुर बुढामगर लाइ ३ लाख १७ हजार ४ सय ५६ रूपैयाँनगद उपचारको लागि सहयोग गरेको मृतका परिवारलाई ७५ हजार आगलागीबाट घर क्षति भएका रामबहादुर विक… पुरा पढौ

दिलिसा भण्डारीकाे न्यायको लागि बागलुङ बन्द आह्वान

बागलुङ / जेठ १ गते रहस्यमय ढंगले मृत्यु भएकी दिलिसा भण्डारीकाे लागि छिटो छरितो न्याय दिलाउनकाे लागि जेठ ८ गते मंगलबार बागलुङ बन्दकाे लागि आह्वान गरेको छ । दिलिसा भण्डारी संघर्ष समिति गठन गरेर संघर्ष समितिका संयाेजक कृष्ण भण्डारी र सचिव हरि जिसीले विज्ञप्ति प्रकाशित गरि मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म बागलुङ बन्दकाे घाेषणा गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० काे देवेन्द्र भण्डारी र सावित्री भण्डारीको छाेरी एवम् काँठेखाेला गाउँपालिका वडा नम्बर १ कि बुहारी… पुरा पढौ

सहकारीहरु सुध्रिनुको विकल्प छैन ः सचिव गोकर्णमणि दुवाडी

बागलुङ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव गोकर्णमणि दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँन नहुने बताउनु भएको छ । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका संचालकहरुसँगको अन्तरक्रियमा बाल्दैे सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र धर्मराएको बताउनु भएको हो । केही सहकारीले बदमासी गर्दा समग्र क्षेत्रले बदनामी खेप्नुपरेको भन्दै मन्त्रालयले समस्याको समाधानको लागि पहल गरिरहेको बताउनु भयो । सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा र सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखिएको भन्दै… पुरा पढौ

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो । “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,” प्रधानन्त्री प्रचण्डले भन्नुभयो, “ राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर… पुरा पढौ