समाचार

तरकारी खादा एक‌ै घरका ३ जना बिरामी

बागलुङ /बागलुङ जिल्ला काठेखाल गाउँ पालिका -३ हिले बस्ने एकाघरका ३ जना सदस्यले तिते भेन्टा भनी धतुरो जस्तो देखिने बस्तुको तरकारी पकाई खाँदा बिरामी भएका छन् । तरकारी पकाइ खादा लठ्ठिने,बर बराउने सम्बन्धी बिरामी भई उपचारको लागी दिउँसो धवलागिरी अस्पताल बागलुङमा उपचारको लागि ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । बागलुङ काठेखोला गा.पा.३ हिले बस्ने बर्ष-४७ को निरज बि.क. निजको श्रीमती बर्ष-४५ की तलसी बि.क.र छाेराबर्षिय-३० को सुमन बि.क.सुचना अधिकारी रहेको यादवले बताए ।बिरामीको अवस्था मध्यम… पुरा पढौ

बागलुङ नगर खानेपानीका प्रवन्धक हिमाल शर्मालाई संस्थाले बर्खास्त गर्या

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्थाका प्रवन्धक हिमाल शर्मालाई खानेपानीका उपभोक्ता संग राम्रो ब्यवहार नगरेको संस्थाका हित विपरीत काम कार्य गरेको भन्दै संस्थाले प्रवन्धक बाट बर्खास्त गरेको छ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे बैठकले प्रवन्धक शर्मालाई श्रावण ३२ गतेदेखि लागू हुनेबर्खास्त गरेको संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी सन्तोषले बताए । जिल्ला जलस्रोत समिति बागलुङ ,बागलुङ नगरपालिका ,रउच्च अदालत पाेखरा बागलुङ इजलासले दिएको आदेश कार्वान्यन गर्न शर्माले संस्थालाई पूर्ण रूपमा असहयोग गरेको र स्वच्छ सफा… पुरा पढौ

मध्यपहाडी लाेकमार्गकाे सडकमा पहिरो जादा सवारीसाधन चलाउन समस्या

बागलुङ ,श्रावण ३२ बागलुङ जिल्ला गलकाेट नगरपालिका वडा नम्बर ९ भालुपाइले स्थित मध्यपहाडी लाेकमार्गमा पहिरो जादाठूला सवारीसाधन आवातजावतमा समस्या आएको छ । भालुपाईले स्थित मध्यपहाडि लोकमार्गमा तलदेखि पहिरो आई सडक भत्किन जादा साना सवारीसाधन मात्र चल्न सक्ने ठुलो सवारीसाधन आवत जावत गर्न नसक्ने अवस्था आएको प्रहरीले जनाएको छ । अहिले पहिरो गएको सडक तलबाट उठाउन पनि धेरै गहिरो भएको हुदा मध्यपहाडि लोकमार्गलाई भनेर छिटो सुरु गराउनु पर्ने यदि यो बाटो सबै गएकाे खण्डमा पश्चिम रुकुम देखि गलकोट प्रभाबित हुने बागलुङ… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेट

साउन ३२, काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ। शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताउनुभयो। भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने… पुरा पढौ

बागलुङमा खोलाले बगाई मानिस बेपत्ता

बागलुङ श्रावण ३२ बागलुङ जिल्ला गलकाेट नगरपालिका दरमखाेलामा एकजना ब्यक्ति माछा मार्ने क्रममा बेपत्ता भएका छन् । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर १० घर भई हाल गलकाेट नगरपालिका ६ मजुवा बस्ने वर्ष ४२ को रमेश परीयार दरम खोलामा माछा मार्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खाेलामा बेपत्ता भएका युवाको खाेजी भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पेट्रोलमा ५ रूपैयाँ , मट्टितेल र डिजेलमा ३ रूपैयाँ भाउ घट्यो

काठमाडौं / नेपाल आयल निगमले आज विहिवार राति १२ बजेदेखि पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्ने जनाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।  त्यसैगरी मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार राजधानी काठमाडौं र वरपरका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।  मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १५५ कायम भएको जनाइएको छ । पुरा पढौ

भ्रष्टाचार निवारण ऐन समय अनुकुल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । ३१ साउन, २०८१ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताउनु भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार(आज) भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको… पुरा पढौ

जलजलामा तीज मेला हुने

पर्वत / जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा मेला लाग्ने भएको छ । भैरथान मन्दिर मूलको आयोजना र नाग्लिवाङ शालिग्राम युवा क्लब र जलजला नाग्लिवाङ युवा क्लबको सह आयोजनमा हुन लागेको हो । '' नाग्लिवाङ जाऊँ भएरथान देवताको दर्शन गरौँ हिन्दुहरूको महान चाड हरितालिका तीज मेलामा रमाउँ '' भन्ने मूल नाराका सहित २०८१ तीज मेलामा आयोजना हुने भएको छ । मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता , मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता , खुल्ला फुटबल प्रतियोगिता, भाले छुने प्रतियोगिता, ठेलो म्युजिकल… पुरा पढौ

नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड रअष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

साउन ३०,काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क(Felicity Volk)ले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गर्नुभएको छ । अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गर्नुभएको हो । भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता… पुरा पढौ