
बागलुङ ,माघ ७
ठेकेदारले काम गरेपनि भुक्तानी नपाएपछि अलपत्र परेको सडक सरकारले बजेट विनियोजन गरेपछि पुन कामको धमाधम हुन थालेको छ। बागलुङको एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक आयोजना कालोपत्रे हुन थालेपछि स्थानीयमा खुशी छाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा आेलीले एकसाथ उद्घाटन गरेको एक निर्वाचन क्षेत्र एक सडक आयोजना बजेट अभावका कारण अलपत्र परेको सडक पुन बजेट सुनिश्चित भएपछि काम शुरू भएको छ । बागलुङ सदरमुकामकाे पुरानो अदालत चौपारीदेखि बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना जाेड्ने १०किमि सडक खण्ड धमाधम कालोपत्रे गर्न शुरू भएको छ ।
झण्डै २९ करोडको ठेक्का सम्झौता भएको यो सडकमा अहिलेसम्म ६८ प्रतिशत काम भइसकेको बिचमा एक बर्ष काम राेकिएकाे कामको भुक्तानी ५८ प्रतिशत मात्र भएको
ठेकेदार कम्पनी ‘कर्ण बिल्डर्स’का प्रतिनिधि लालबहादुर थापाले बताए ।
पहिला बाटो धेरै खराब थियो अहिले सडक कालोपत्रे गर्न शुरू भएपछि धेरै सहज भएको यसले स्थानीय लाई यसले धेरै फाइदा पुग्ने स्थानीयकाे भनाइ छ ।
बागलुङको अदालत चौपारीदेखि सिगाना, चापाखर्क, गाजादह, बरेङहुँदै शान्तिपुर जाने सडकसहित ४ ठूला पूर्वाधारका योजनामा अघिल्लो बर्षको भुक्तानी नहुदा झण्डै एक बर्ष काम राेकिन पुगेको थियो । २९ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको थियोे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत २०७७ मा बालुवाटारमा एक औपचारिक कार्यक्रम गरेर १६५ वटै निर्वाचन क्षेत्रलाई दुई लेनको रणनीतिक सडकको शिलान्यास गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र केन्द्रित सडकको शिलान्यास गरेको पनि झण्डै ४ बर्ष बितिसक्यो।
अहिले यो सडक कालोपत्रे भएपछि बागलुङ नगरपालिका ८ सिगानाका किसानले उत्पादन गरेका सुन्तला ,लगायतका फलफूल तरकारी कृषि जन्य उत्पादन बजारमा सहजरूपमा पुर्याउन मद्दत पुग्नुका साथै यातायात समेत १२ महिना २४ घण्टा संचालन हुने देखिन्छ।












