
म्याग्दी .माघ ४
म्याग्दीको रत्नेचौरमा यतिबेला ताेरी फुलेर पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा ।३ बर्ष देखि रत्नेचाैरमा लगाएको ताेरी सामाजिक संजाल मार्फत भाइरल भएपछि आन्तरिक पर्यटक पुगेर मनाेरन्जन लिइरहेका छन् ।
हुनत यतिबेला देशभरका खेतबारीमा किसानले लगाएको ताेरी पहेँलो फुलिरहेकाे भएपनि म्याग्दी जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर १ रत्नेचाैर फुलेको पहेँलो ताेरीवारी
एकपटक नपुग्ने आन्तरिक पर्यटक कमै भेटिन्छन्
।
पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पँहेलै तोरी फुलेको छ । गाउँको बीचमा पर्ने बेनी–बागलुुङ सडकखण्ड अनर्तर्गत कालोपत्रे गरिएको चिल्लो सडकका दायाँबायाँ खेतमा तोरी फूलेर पहेँलै बनेको रत्नेचौरको तोरी यसपालि पनि भाइरल बनेपछि गाउँमा नयाँ राैनक ल्याएको छ ।
रत्नेचाैर बासीकाे मुख्य खेती तोरी भएकाे ताेरीकाे तेल उत्पादन मात्र नगरि ३ / ४ बर्ष यता देखि ताेरी वारि भाइरल बनाउनकाे लागी स्थानीय र राष्ट्रिय मिडियाको ठूलो भुमिका रहेको यसले देश विदेशमा समेत यसको चर्चा भएको स्थानीयले बताए ।
रत्नेचाैरकाे भाइरल ताेरीबारीमा साथीहरूले खिचेका फाेटाे मात्र देखेकोमा अहिले यहाँ आएर हेर्दा धेरै राम्रो लाग्यो आनन्द आउने ठाउँ वातावरण भेटेको आन्तरिक पर्यटकहरूले बताए ।
४ बर्ष देखि भाइरल भइरहेको रत्नेचाैरकाे ताेरि वारि मनमाेहक भएको हुनाले यसपालि पनि आएको यहाँ आन्तरिक पर्यटकलाई लाेभ्याउने वातावरण भएको राष्ट्रिय कलाकार लक्ष्मण श्रीले बताए ।
समतल भुमि बिचमा पहेँलो गरि फुलेको ताेरीले सबैको मन लाेभ्याउएपछि यहाँ आएर फाेटाे खिच्ने टिकटक बनाउनका लागि आउने आन्तरिक पर्यटक मगर ड्रेस लगाएर रमाइलो गर्ने गरेका छन् ।
रत्नेचौरको तोरी बारीमा बिदाको दिन र शनिबार झण्डै २ सय जना पर्यटकहरु आउने गरेको स्थानीयवासी बताउँछन् । तोरी फूलेपछि स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौर पुगेर तोरी बारीमा रमाउने गर्दछन् । उनीहरु त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटिक बनाउँछन् । तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ । वरिपरीको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रबर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको छ ।
समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँकाे सुन्दरता अहिले चुलिएकाे छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरबाट संसारको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरि हिमाल देखिन्छ ।
अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भीड बढ्दै गएको छ । म्याग्दी जिल्लाको विभिन्न स्थानसहित बागलुङ पर्वत पाेखरा लगायत ठाउँबाट पर्यटकहरु पुग्ने गरेका छन् ।













