दुर्घटना न्युनीकरण गर्न ट्राफिक सचेतता

-


     हिडन खबर    
     माघ ५ गते २०८१ मा प्रकाशित


बागलुङ। लायन्स क्लब अफ धौलागिरि बागलुङले दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसँगको सहकार्यमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

बागलुङ नगरपालिका-४ कुँडुेलेस्थित कुँडुले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सम्बन्धी जानकारी दिएको हो ।

विद्यालयका कक्षा दश, एघार र बाह्रका ६० जना विद्यार्थीहरुलाई ट्राफिक नियम, सडकमा यात्रा पालना गर्नु पर्ने नियमहरु, दुर्घटनाका कारणहरु, सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयको प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि सचेतना गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका हवल्दार वैकुण्ठ पौडेलले बताए ।

क्लबको वार्षिक कार्ययोजना अन्तर्गत एक वडा एक कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष
गणेश महताेले बताए ।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षता, प्रथम उपाध्यक्ष राजेश भारीको स्वागत र लियो क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष सचिन हरिजनको सञ्चालनमा सम्पन्न भएको थियो ।