समाचार

क्रिकेट करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला सम्मान
क्रिकेटकाे भबिस्य उज्वल रहेको क्रिकेटर करण केसी

क्रिकेट खेलकाे माध्यम बाट देशको नाममा अन्तर्राष्ट्रिय जगतमा उचाे राख्न उल्लेखनीय भुमिका खेलकाे भन्दै बागलुङमा दुई जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलकाे माध्यम बाट राष्ट्रकाे नाम उच्च बनाएको भन्दैबागलुङ नगरपालिकाले क्रिकेटर करण केसी र सुवास भण्डारीलाई सम्मान गरेकाे छ । राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई आफ्नो जन्म भुमि बागलुङमा एक कार्यक्रम बिच बागलुङ नगरपालिकाले सम्मान गरेकाे हाे । आफ्नो जन्म भुमिमा सम्मानित हुन पाउदा खुशी लागेको नेपालमा क्रिकेट खेलकाे भबिस्य राम्रो भएको… पुरा पढौ

नेपाल बैंक लिमिटेड बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंक लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक बागलुङ शाखाको आयोजनामा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-६ बिहुको भिमसेन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च २० देखि २६ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताउनुभयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले… पुरा पढौ

नव दुर्गा लागेपछि कालिका भगवती मन्दिरमा घुइँचो

नेपाल कै प्रसिद्ध धार्मिक शक्ति पिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागेपछि श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि चहलपहल बढेर गएको छ । हिन्दु धर्मावलम्बीले मान्ने दाेस्राे ठूलो दशै चैते दशै पर्वकाे शुरूवात संगै नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा पुजा र दर्शनको लागिभक्तजनकाे घुइँचो लागेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिडले दुई बर्ष ठप्प रहेको मन्दिर यसपटक देखि भने पुरानो लयमा फर्किएको छ ।… पुरा पढौ

सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु

पर्वतमा सेल्फी खिच्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।बागलुङ र पर्वत जोड्ने विश्वकै लामो पुललाई सेल्फी तस्बिरमा पार्ने गरि भिरको ढिकबाट सेल्फी खिच्ने क्रममा १८ वर्षीय अप्सरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । मृतक खातुन सेल्फीखिच्ने क्रममा भीरबाट लडेर १०० मिटर तल खसेको न्यौपाने बताउनुभयो । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै… पुरा पढौ

बागलुङ नगरपालिकामा आधारभूत तह परिक्षा भोलिदेखि: तयारी पूरा

बागलुङ नगरपालिका भित्र भोलिदेखी सञ्चालन हुने यस वर्षको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका नगर शिक्षा शाखाको आयोजना एवं व्यवस्थापनमा सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिनुभयो । यस वर्षको परिक्षामा बागलुङ नगरपालिका भित्रका ५० वटा विद्यालयबाट कुल १ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाकालागि नगरभित्र २७ वटा परिक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पोखरेलले बताउनुभयो । विगतका वर्षहरूमा होम… पुरा पढौ

मालिका कमेरे मुलको निर्माणधिन खानेपानी ट्याङकी तोडफोड

बागलुङ नगरपालिका वडा नम्वर ५ रहेको कमेरे मुलमा निर्माणधिन खानेपानी ट्याङकीको संरचना सरकारी कर्मचारीको सम्लग्नतामा तोडफोड भएको छ ।बागलुङ नगरपालिका ५, साविक मालिका गाविसको कमेरे मुहानमा बागलुङ नगरपालिका ४ र म्यादीको बेनी नगरपालिका १ साविकको रत्नेचौर गाविस बिचको खानेपानी मुल विवाद समाधानको पहल भैरहेको वेला बागलुङ नगरपालिकाले करिव २ लाख खर्च गरेको संरचना शनिवार तोडफोड भएको हो । संरचना निर्माण भएको ५ दिन नवित्दै तोडफोड भएको छ । उच्च अदालत बागलुङ पोखरा इजलासका कार्यरत म्याग्दीको बेनी नगरपालिका १ अर्जमका सोम… पुरा पढौ

बिश्व उपभोक्ता अधिकार दिवस

बागलुङ विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने परम्परा अनुसार यश बर्ष पनि बागलुङ सदरमुकाममाउपभोक्ता अधिकार बारे बिबिध कार्यक्रम गरि यो दिवस मनाइयो । बिश्व उपभोक्ता अधिकार दिवस बर्सेनि नेपालमा मनाउने गरिएपनि आम उपभोक्ताकाे ८ अधिकार बारे भने उपभोक्ताहरू अनभिज्ञ छन् । पर्यटन तथा घरेलु उद्योग कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आयोजनामा बिश्व उपभोक्ता दिवस मनाएर उपभोक्ताकार अधिकार बारे सराेकारवालालाई सुसूचित गरियो ।उपभोक्ता अधिकार एकदम कुन्ठित भएको ब्यापारी संग बार्गेनिङ गर्ने पावर कम… पुरा पढौ

दलितको समस्या समाधान हुन नसकेको गुनासो

बागलुङ  /गाउँ गाउँमा सिंहदरबार पुगेको भनेर प्रचारप्रसार गरिएपनि दलितको समस्या अझै सम्म समस्याको रूपमा रहेको भन्दै नेपाल दलित आयोगलाइ शक्तिशाली बनाउन जरुरी रहेको धारणा जिल्लाका दलित अधिकारकर्मिले राखेका छन् । राष्ट्रिय दलित आयोगका सदस्य  सुन्दर बुर्लाकाेटीले नेपालकाे संविधान २०७२ दलितको लागि अग्रगामी र प्रगतिशील संविधान भएको बताए ।राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजना गरेको छलफल कार्यक्रममा अहिलेसम्म १९१० काे मुलुकी ऐनले विभेद गरेको तर यो संविधानले विभेद अन्त्य गर्न संकल्प गरेको आयोगका  सदस्य बुर्लाकाेटीले बताए ।तर आयोगले यत्तिले… पुरा पढौ

५ दिनदेखि लगाइएको ताला नेविसंघले फोड्यो: क्याम्पसको स्थिति तनावग्रस्त

धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयमा भएको विवाद चरम उत्कर्षमा पुगेको छ ।फाल्गुन २५ गतेदेखि वामपन्थी विद्यार्थी संगठनले निर्वाचन अधिकृतको कार्यालयमा लगाएको ताला नेविसंघले फोडेपछि क्याम्पसको स्थिति तनावग्रस्त बनेको हो । क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको, जारी गरिएका परिचयपत्रमा विवरण गलत भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको ताला आज बिहान नेपाल विद्यार्थी संघले फुटाएको थियो । आफ्ना जायज माग पुरागर्न दबाब दिनेगरी लगाइएको ताला प्रशासनले सहमतिको कदमै नचाली नेविसंघले आफूखुशी फुटाएपछि अनेरास्ववियु… पुरा पढौ

धौलागिरी बहुमुखी क्याम्पसमा जताततै ताला: क्याम्पस प्रमुख सहित ८ जना प्राध्यापक थुनिए !

बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा जताततै तालाबन्दी गरिएको छ । क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा सुजन सापकोटाको नेतृत्वमा रहेको संयुक्त विद्यार्थी समुहद्वारा तालाबन्दी गरिएको हो । सापकोटा स्ववियुका बहालवाला स्ववियु सह-सचिव समेत हुन । तालाबन्दी कारण क्याम्पस व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, निर्वाचन अधिकृत, लगायत ८ जना थुनिएका छन । उता क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको तालाबन्दी खुल्न सकेको छैन । यसरी क्याम्पसमा सहमतिको प्रयास नगर्ने र ताला… पुरा पढौ