काठमाडौँ, २६ पुस : प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका…
पुरा पढौ