बागलुङमा स्वास्थ्य शिविर ७०० जनाको स्वास्थ जाँच

-


     हिडन खबर    
     वैशाख १९ गते २०८१ मा प्रकाशित


बागलुङ /सानोतिनो राेगकाे उपचारकाे लागि पनि काठमाडौ पाेखरा धाएर हजारौं रूपैयाँ खर्च गरिरहेका ग्रामीण क्षेत्रका जनतालाई गाउँ घरमै पुगेर बिशेषज्ञ स्वास्थ शिविर मार्फत स्वास्थ्य सेवा दिएपछि स्थानीय खुशी भएका छन् ।

नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखा काठेखोला गाउँपालिका बिउँकोट बागलुङ,भीमापोखरा कल्याण समाज बागलुङ र स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा विभिन्न साझेदार संघसंस्थाहरूको सहयोगमा काठेखोला गाउँपालिका स्थित भीमसेन माध्यमिक विद्यालयमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भयो ।

गण्डकी मेडिकल कलेज (जीएमसी) पोखराकाे प्राविधिक सहयोगमा भएको शिविरमा डाक्टर रविन्द्र प्रसाद श्रेष्ठ डाक्टर तरूण पाैडेल ,डाक्टर तिर्थलाउपाध्याय,डाक्टर ईश्वर शर्मा कडेल ,मधु राेका लगायत २२ जनाको टीमले स्वास्थ्य परीक्षण गरेका थिए ।

महिला तथा प्रसुती ,मुटुकाे इकाे ,हाडजोर्नी ,इसिजी ,आँखा दाँत छाला तथा याैन राेग ,मधुमेह तथा थाइराइड राेगका बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । उक्त शिविरमा करिब ७०० जना बिरामीहरूले उपचार सेवा प्राप्त गरेका थिए।स्वास्थ परिक्षण पछि बिरामीहरूलाइ आ‌‌ैषधी निशुल्क वितरण गरिएको थियो ।

गाउँ गाउँमा स्वास्थ्य सेवाकाे पहुँच कम भएको भनि स्थानीयले स्वास्थ शिविर संचालन गर्नुपर्ने माग गरेपछि नेपाल रेडक्रस साेसाइटीले प्रवन्ध मिलाएको नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यले बताए ।