अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा चार घरगोठ जले

-


     हिडन खबर    
     वैशाख १९ गते २०८१ मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका १२ अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेका छन्।

बागलुङ जिल्ला जैमिनी नगरपालिका-१ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत वस्तीमा प्रवेश गर्दा चार घरगोठ जलेका हुन् ।

आगलागिबाट स्थानीय ददिराम पौडेल र यदुनाथ पौडेलको घर गोठ जलेको छ । ददिरामको गोठमा बाँधी राखेका दुई गाई, दुई बाख्रा जलेका छन् ।

आगो निभाउने क्रममा बेहोस भएका पौडेलको धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ । सोही ठाउँका पौडेलको घर गोठ जल्दा गोठमा बाँधीराखेका दुई भैसी, तीन गाई र पाँचवटा बाख्रा मरेका छन् ।

आगो निभाउने क्रममा पौडेल बेहोस भएका छन् । उनको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ ।