समाचार

बागलुङको बडिगाड गाउँपालिकामा सार्बजनिक सुनुवाई सम्पन्न

बागलुङको बडिगाड गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । सर्वसिद्धि मिडिया प्रालि बागलुङको आयोजना र बडिगाड गाउँपालिकाकाको सहयोगमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुबाट आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो । नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै पालिकालाई जिम्मेवार र आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा… पुरा पढौ

बागलुङमा ट्राफिक सप्ताह हुने

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना लगायत समसामयिक बिषयमा ट्राफिक सप्ताह कार्यक्रम गर्ने भएको छ ।ब‌ैशाख २५ गतेदेखि ३१ गतेसम्म बागलुङ सदरमुकाममा ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्न लागेको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए । सप्ताहकाे पहिलो दिन बैशाख २५ गते ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित बागलुङ सदरमुकाममा -याली निकाली  जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको प्रमुख अतिथ्थतामा  बालकलाई हेलमेट लगाइ दिएरउद्घाटन गर्ने ।बैशाख २६ गते चाेक चाेकमा ट्राफिक प्रहरी संगै स्वयंसेवक परिचालन गर्ने जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल… पुरा पढौ

उपचार पछि ३० जना बहिरा बिद्यार्थीले कान सुन्न थाल्यो

जन्मदेखि कान नसुन्ने बहिरा बालबालिकाले जिल्ला मै निशुल्क उपचार पाएपछि कान सुन्ने मात्र हैन बिस्तारै बाेल्न समेत थालेका छन् । बागलुङ सदरमुकाममा रहेको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थी यतिबेला कान सुन्न र बाेल्न थालेपछि खुशी भएका छन् । बागलुङको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा भएको स्वास्थ शिविर पछि जन्म देखि कान नसुन्ने बहिरा बिद्यार्थीहरूले उपचार पाएपछि कान सुन्ने मात्रै हैन बाेल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचा‌ैर अवस्थित धाैलागिरि बहिरा आवासीय बिद्यालयमा धाैलागिरि एकीकृत ग्रामीण… पुरा पढौ

बागलुङ नगरपालिकामा आँखा शिविर सम्पन्न

बागलुङ नगरपालिका वडा नम्बर ५ काे आयोजना नेत्र ज्याेती संघ बागलुङ धाैलागरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले आँखा मान्छेको जीवन महत्त्वपूर्ण अंग भएको हुदा यसलाई सधैं सुरक्षित राख्नु पर्ने मात्र नभइ बेलाबेलामा यसको परिक्षण समेत गर्नुपर्ने धारणा राखेका थिए । नेत्र ज्याेती संघ बागलुङका अध्यक्ष भरत पुरीले धाैलागिरि आँखा अस्पतालले नियमितरूपमा सेवा दिदै आएको गाउँ गाउँमा शिविर मार्फत जनताको आँखा उपचार जुनसुकै बेला गर्न पनि… पुरा पढौ

चैत्राष्टमी मेलाको खर्च ३२ लाख ९८ हजार

प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङको आयोजनामा संचालन भएको चैत्राष्टमी मेलाको हिसाब किताब सार्वजनिक गरिएको छ । गत चैत्र १३ गते देखी १७ गते सम्म संचालन गरिएको मेलामा कुल ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले संचालित मेलामा कुल ३५ लाख ८६ हजार ९५ रुपैयाँ संकलन भएको थियो जसमा ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको… पुरा पढौ

दिल गंगा स्मृति काेष बाट सम्मान र पुरस्कार

दिल गंगा प्रधान स्मृति काेष बागलुङले आफ्नो १५ आ‌ैं समारोहमा अर्थशास्त्रका अन्तर्राष्ट्रिय बैज्ञानिक प्राध्यापक डाक्टर राममनाेहर श्रेष्ठ र शिक्षा तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएका घनश्याम पाठकलाई सम्मान गरेको छ । बागलुङ सदरमुकाममा आयोजीत कार्यक्रममा एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यामन्दिर माध्यमिक बिद्यालय र लेखानी माध्यमिक बिद्यालयका बिद्यार्थी लाई नगद र प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा स्मृति काेषका अध्यक्ष काजीराेशन द्वारा लिखित लघु कथा संग्रह आफ्नै राग काे प्रमुख जिल्ला अधिकारी राेशनी कुमारी श्रेष्ठ र प्राध्यापक डाक्टर राममनाेहर… पुरा पढौ

बागलुङको बडिगाड गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

बागलुङको बडिगाड गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । सर्वसिद्धि मिडिया प्रालि बागलुङको आयोजना र बडिगाड गाउँपालिकाकाको सहयोगमा सार्वजनिक सुनुवाई गरिएको हो ।सार्वजनिक सुनुवाईमा पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुबाट आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो । नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै पालिकालाई जिम्मेवार र आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका… पुरा पढौ

कुडुँलेमा आयोजित शालग्राम महोत्सव सम्पन्न

शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं ४ मा रहेको शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको शालग्राम महोत्सव सम्पन्न भएको छ । महोत्सव समापनको अवसरमा शालग्राम संग्रहालय निर्माण गर्न आर्थिक, नैतिक र भौतिक योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । पाँच दिनसम्म चलेको शालग्राम महोत्सवमा शालग्राम संग्रहालय र महिमा समेटिएको लोक भजन, कविता वाचन र रत्यौली लगायतका कार्यक्रम सम्पन्न गरिएको श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । शालग्राम महोत्सव समापन कार्यक्रममा बोल्दै… पुरा पढौ

शालग्राम महोत्सवमा १४ लाख ९६ हजार सयोग संकलन, ६ लाख ९७ हजार खर्च

बागलुङ नगरपालिका ४ कुँडुलेमा आयोजित शालग्राम महोत्समा १४ लाख ९३ हजार ७ सय २१ रुपैयाँ सहयोग संकलन भएको छ । ५ दिनसम्म भएको महोत्सवको अवसरमा विभिन्न दाताहरुको सहयोगमा सो रकम संकलन भएको हो । महोत्सव समापनको अवसरमा समितिका कोषाध्यक्ष विदुर शर्माले आय व्यय सार्वजजिक गर्नु भएको थियो । महोत्सव सम्पन्न गर्न खाद्यान्नमा एक लाख १० हजार, वाध्यबादनमा ९० हजार, टेण्टमा ८५ हजार, प्रचारप्रसारमा ३३ हजार ३७ हजार ३ सय, अतिथि सत्कारमा ३१ ह्जार ५ सय, सम्मानमा ४४ हजार, दान दक्षिण… पुरा पढौ

सापकोटा कुल देवता धार्मिक संस्था बान्द्रेको आयोजनामा पितृ सप्ताह ज्ञान महायज्ञ हुने

बागलुङ कौडिन्य गोत्रीय सापकोटा कुल देवता धार्मिक संस्था बागलुङ नगरपालिका ५ बान्द्रेको आयोजनामा बान्द्रेमा श्रीमद्भागवत महापुराण पितृ सप्ताह ज्ञान महायज्ञ धान्याचल पितृ उद्वार ज्ञान महायज्ञ आयोजना गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि बान्द्रमा रहेको ऐतिहासिक काप्राको रुख मुनि रहेको कौडिन्य गोत्रीय सापकोटा कुल मन्दिरमा यही बैशाख १६ गते देखि २२ गतेसम्म महायज्ञ आयोजना गरिएको जनाइएको हो । महायज्ञमा सापकोटाहरुको उद्गम थाले मानिले बान्द्रेमा जन्म भैइ देशका विभिन्न जिल्लामा बसोबास गर्ने करिव ५ सय परिवार सहभागि हुने सापकोटा कुल… पुरा पढौ