समाचार

वडाध्यक्षलाई विद्यालय व्यवस्थापनको नेतृत्व दिने निर्णयप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आपत्ति

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा उल्लेख भएका विषयमा आपत्ति जनाउँदै महासंघले बागलुङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापा, बागलुङका अध्यक्ष भवानी प्रसाद रिजाल, बागलुङ नगर कार्यसमितिका अध्यक्ष बावुलाल शाक्य लगाएतले बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा प्रस्तावित विद्यालय शिक्षा… पुरा पढौ

रातामाटाका १ सय ७९ घरमा कलकल बग्न थाले पानीका धारा

बागलुङ । बागलुङ नगरपालिका वडा नम्वर ३ रातामाटाका १ सय ७९ घरमा चौविसै घण्टा खानेपानीको सहज पहुँच पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र बागलुङ नगरपालिकाका सहयोगमा निर्माण भएको रातामाटा खानेपानी तथा सरसफाई आयोजनाबाट चौविसै घण्टा खानेपानीको आउने भएको हो । नेवाको ६८ लाख १४ हजार ६ सय ८१, बागलुङ नगरपालिकाको १६ लाख ९३ हजार ७ सय ९४, उपभोक्ताबाट नगद ६ लाख ३० हजार, उपभोक्ताको जनश्रमदान १९ लाख ६९ हजार ९ सय १६ गरी जम्मा १ करोड ११… पुरा पढौ

बागलुङ नगर स्वास्थ्य संस्था तथा फार्मेसी संचालन कार्यविधि संशोधनको माग

बागलुङका औषधी व्यवसायीहरुले नगरपालिकाले ल्याएको बागलुङ नगर अस्पताल/स्वास्थ्य संस्था फार्मेसी सेवा संचालन कार्यविधि २०७८ लाई संशोधन गरि कार्यन्वयनमा लैजान माग गरेका छन् । बागलुङमा औषधी व्यवसायी संघको आयोजना र बागलुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित अन्तक्रिया कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन् । बागलुङ नगरपालिकाले २०७८ सालमा तयार पारेको कार्यविधिमा केही कुराहरु संशोधन गर्न आवश्यक रहेको सहभागिले बताएका हुन् । अन्तराष्ट्रिय मापदण्डलाई आधार मानेर कार्यविधि निर्माण भएको भन्दै जिल्ला र भूगोल सुहाउदो बनाउनुपर्ने व्यवसायीले माग गरेका छन् । कार्यक्रममा बोल्दै… पुरा पढौ

पानी पर्दा हिँड्नै सकिन्न बागलुङ बजार

बागलुङ बजारमा ओहोरदोहोर गर्ने सवारीसाधन र पैदल यात्रुले अनेकौं समस्या झेल्नुपरिरहेको छ । पछिल्लो समय बागलुङ नगरपालिकाले सडक पेटी अतिक्रमीत व्यावसाय तथा ठेलाहरु हटाउने अभियान चलाएर केही सहजता देखिएको छ तर बजारमा सामान्य पानी पर्दा वा अविरल वर्षाको समयमा सडकमा हिड्नै सकिदैन । सडक छेउमा बनेका हरेक घरको छतबाट सिधैँ सडकमा खस्ने पानिका फोहोराको कारण पैदलयात्रु तथा सवारी आवागमनमा निकै कठिन हुनेगरेको छ । पानीको फोहोराको कारण सडकमा समेत खाल्डाखुल्डी पर्ने गरेको छ । के भन्छ नगरपालिका !बागलुङ बजारमा यो… पुरा पढौ

दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ

बागलुङमा दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन | जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सविना विकलाई २ महिनाको नाबालक हत्यागरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीद्वारा जानकारी | साउन १८ गते बिहीबार राति विक दम्पतीबीच आपसी विवाद हुँदा बालकलाई तानातान गर्ने क्रममा भुईमा खसी बझारिएर बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले घटना घटेको तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा… पुरा पढौ

बागलुङ नगरपालिकाले सडक पेटी खालि गर्ने नाममा व्यवसायीक स्थलबाट सामान उठाएको उद्योग वाणिज्य संघको आरोप

बागलुङ नगरपालिकाले सडक पेटि खालि गर्ने नाममा व्यवसायीक स्थलबाट जथाभावि सामान उठाउने, बलजफ्ती गरेको भन्दै बागलुङ उद्योगा वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको छ । संघका महासचिव ऋषिराम गौतमले एक विज्ञप्ती प्रकाशित गरि समान उठाउने काम तत्काल राक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्काल सकुसल अवस्थामा विना सर्त फिर्ता गर्न माग गरेका छन् । अन्यथा यस्ता उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरी गरेको यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनी सहित विगतलाई स्मरण गर्न आग्रह गरिएको छ । नाकावन्दी, महाभुकम्प,… पुरा पढौ

बडिगाडका स्थायी शिक्षक भट्टको पत्रकारिताप्रति अराजक शैली !

समाजमा शिक्षक भन्ने बित्तिकै शालीन, भद्र एवं सबैले सिको गर्ने स्वभावको पुर्ण शैक्षिक व्याक्ति भन्ने बुझिन्छ तर नेपाली समाजमा कतिपय यस्ता शिक्षक पनि छन जसले कलिलो मस्तिष्कका विद्यार्थीलाई के शिक्षा दिन्छन् होला भन्ने शंङ्का पैदा गर्दछ । यो प्रसंग एकजना प्राथमिक तहको स्थायी शिक्षक कोटामा अध्यापन गराइरहेका वासुदेव भट्टले सामाजिक सञ्जालमा व्यक्त गरेको पत्रकारिता प्रतिको अराजक एवं गैरकानुनी शैलीको कमेन्टका कारण उठाइएको हो । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ मा रहेको भगवती प्राथमिक बिद्यालयमा अध्यापनरत शिक्षक भट्टले नेपालको पत्रकारिता… पुरा पढौ

नेपालका लागि प्रस्तावित वेलायती राजदुत र गोर्खा वेलफेयरको टोलीद्वारा विद्यामन्दिर माविको अवलोकन

बागलुङ । नेपालका लागि प्रस्तावित वेलायती राजदुत रव फ्यान र बिट्रिस गोर्खा वेलफेयरको टोलिले विद्यामन्दिर माध्यमिक विद्यालयको अवलोकन गरेको छ । टोलीले गोर्खा वेलफेयर ट्रष्टले विद्यालयमा निर्माण गरेको आठ कोठे पक्की भवनको अवलोकन गर्न आएको हो । ट्रस्टले १ करोड ३५ लाख रुपैयाँको लागतमा ८ कोठे पक्की भवन निर्माण गरेको थियो । नेपालका लागि प्रस्तावित वेलायती राजदुत रव फ्यान सहित उनको परिवार र बिट्रिस गोर्खा वेलफेयरको टोलिले विद्यालयको अवलोकन गरेको थियो ।सो अवसरमा विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै रव… पुरा पढौ

बडिगाडका प्रहरी इन्चार्ज पौडेलको बर्बरतापुर्ण हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष

सोमबार राती मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको बर्बरतापुर्ण रुपमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यलय बागलुङद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार होटल सञ्चालक सँगको विवादमा सञ्चालन र निजको छोराले पौडेलको टाउकोमा मरणासन्न हुनेगरी मुक्का हानेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुहोस् सुचना: प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमै पुगि घटनामा संलग्न होटल… पुरा पढौ

प्रहरी वरिष्ठ नायव निरीक्षक मृत्यु प्रकरण: प्रहरीद्धारा अनुसन्धान सुरु

गएराती मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सुरु गरेको हो । पौडेल बडिगाड गाउँपालिका ६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबारराति मृत फेला परेका थिए । घटना स्थलको प्रारम्भीक अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटना स्थालमा पुग्दा सव होटलको भुइतललामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको… पुरा पढौ