ट्रेड युनियन कांग्रेसको स्थापना दिवसमा मानव सेवा आश्रममालाइ सहयोग

-


     हिडन खबर    
     फागुन २१ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले आफ्नो ७८ आ‌ैं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाइ सहयोग गरेको छ ।

श्रमको सम्मान गराै ,श्रम शक्ति राष्ट्रकाे शक्ति हाे भन्ने मूल नारासाथ स्थापना भएको युनियनले बागलुङ नगरपालिका ३ मा रहेको मानव सेवा आश्रममा एक कार्यक्रम गरि खाध्यान्न सामाग्री प्रदान गरेको हाे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन तथा श्रम बिभाग गण्डकी प्रदेशका संयाेजक शकुन्तला शर्मा पाैडेल ,नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिका इश्वर ठाकुर पाैडेल ,मानव सेवा आश्रमका सचिव निर्मल श्रेष्ठ लगायतका बक्ताहरूले सडकमा सहारा बिहिन मानव मुक्त गराउने उदेश्यका साथ स्थापना भएको मानव सेवा आश्रम लाइ सबैको सहयोग र समर्थन भएको कारण आज सहजरूपमा संचालन भइरहेको धारणा राख्नुभएको थियोे ।

नेपाल ट्रेड युनियनका सभापति इश्वर ठाकुर पाैडेलकाे सभापतित्वमा भएको कार्यक्रममा स्वागत नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष चन्द्र रेग्मी र सचिव वीर बहादुर किसानकाे संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका ३ किनारा टाेलमा संचालन भइरहेको मानव सेवा आश्रममा ५१ जना जेष्ठ नागरिक बालबालिका महिला मानसिक अवस्था ठिक नभएका ब्यक्तिहरूले आश्रय लिइरहेका छन् ।