समाचार

पत्रकार कुटिएको घटनाको छानविन गर्न ५ सदस्य समिति

बागलुङ,साताै बागलुङ महाेत्सवकाे एघारौं दिन पत्रकार बिजय रानामाथी भएको कुटपिटको घटनाको सत्यतथ्य पत्ता लगाएर कानूनी कारवाही गर्न ५ सदस्य रहेको छानविन समिति गठन भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बागलुङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बीचको त्रिपक्षीय बैठकले उक्त समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा अनुसन्धान अधिकृत, नेपाल प्रहरीको निरीक्षक, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र नेपाल पत्रकार महासंघ बागलुङकी… पुरा पढौ

बागलुङ नगर खानेपानीमा नेतृत्व हात पार्न केवी राना र जयराम भारीकाे छुट्टाछुट्टै गठबन्धन

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाेपुस २८ गते हुने निर्वाचनको लागि २ जना अध्यक्ष पदकाउमेदवारले प्यानल बनाएर चुनावी प्रचारप्रसारमा मत माग्दै हिडिरहेका छन् ।खानेपानी संस्थामा नेतृत्व हात पार्न राजनीति गठबन्धन गरेर अगाडि बढिरहेका छन् । अध्यक्ष पदको लागि उमेदवारी दर्ता गरेका ४ जना मध्यएमालेका केवी राना मगर र नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराम भारीले छुट्टाछुट्टै प्यानल बनाएर अगाडि बढेका छन् ।संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मगरउपाध्यक्ष माआ‌ेवादीका रतन… पुरा पढौ

आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ काे आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ

काठमाडौंमा डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ फिल्मको प्रिमियर भएको छ। प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए। प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको बताएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए। 'हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि… पुरा पढौ

श्रमिकहरूलाई आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नुस्ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ। मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने… पुरा पढौ

एक्काइसौं शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछुः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताउनुभएको छ। सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताउनुभएको हो। बैठकमा नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर… पुरा पढौ

बागलुङ नगर खानेपानीकाे अध्यक्षका लागि ४ जनाको उमेदवारी कायम

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाेपुस २८ गते हुने अधिवेशनकाे लागि ४ जनाले अध्यक्ष पदकाे लागि उमेदवारी दर्ता गराएकाेमा ४ जना कायमै रहेका छन् । संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मगर ,भुपेन्द्र खड्का ,वर्तमान तदर्थ समितिका अध्यक्ष जयराम भारी ,र सुवास आचार्यले उमेदवारी दर्ता गरेका ४ जना नै कायमै रहेको  निर्वाचन संयाेजक चित्रांङ्गत बरालले बताए । यस्तै संस्थाका उपाध्यक्ष पदको लागि रतन प्रसाद श्रेष्ठ र हरिबहादुर जिसी(सन्तोष )सचिव… पुरा पढौ

सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस्ः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।”बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि… पुरा पढौ

महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको छ। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ। त्यसपछि बक्यौता… पुरा पढौ