समाचार

प्रधानमन्त्री केपी ओलीद्वारा पदभार ग्रहण

काठमाडौं /नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।  प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद कार्यालयको गेटमा त्यहाँका कर्मचारीहरुले टिका र फूलामाला लगाएर स्वागत गरेका थिए ।  संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि लगत्तै उहाँ लैनचौरस्थित शहीद स्मारक पुगेर सहिद प्रति श्रद्धा सुमन ब्यक्त गर्नुभएको थियोे । लैनचौरबाट च्यासलस्थित पार्टी… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीकाे पहिलो चरणको छायांकन 

काठमाडौ / फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए। फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता… पुरा पढौ

तीन राष्ट्रिय खेलकुदका खेलाडीलाई पुरस्कार प्रदान

कास्की / गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे ले तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हाे। बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका… पुरा पढौ

असारे मेलामा गायिका आसा विसी र रेशम निर्दाेशकाे प्रस्तुतिमा झुमे दर्शक

सिम सिम झरी हिलाम्मे ठाउँ चारैतिर हुस्सु युवा युवती बृदा आमा बुबा स्कुलकाे पेटिमा पलेटि कसेर बस्छन कति बेला कलाकारले गित गाउलान र नाचाैला भन्ने प्रतिक्षामा बसेका जाेसिला युवाहरू न उनिहरूलाई झरी न हिलाम्य मैदान कुनै प्रवाह थियन थियाे । केबल कलाकारले गितमा रमाउने , जब उदघाेषकले प्रस्तुीका लागि आसा बिसिलाई स्टेजमा निम्त्याउछन अनि बिसिले आफ्नाे प्रस्तुति दिन शुरूवात गर्छिन । झट्टा हेर्दा सुन्दरी चट्ट साडीमा सजियर आयकी गायिका बिसि तनहुकि बासिन्दा हुन, तर उनलाई बागलुङका मेला महाेत्सबमा धेरै देख्ने… पुरा पढौ

कराते का ३ सहित बाग्लुङ का१८ जना खेलाडीहरु पुरस्कृत हुँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले बताए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको… पुरा पढौ

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन : प्रधानमन्त्री

काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताउनुभयो । “कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भन्नुभयो, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना… पुरा पढौ

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री

काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गर्नुभएको भएको छ । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उहाँले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गर्नुभयो । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ?… पुरा पढौ

गण्डकी प्रदेश भित्रकाे सडकको अवस्था कस्तो छ

कास्की /अविरल बर्षाकाे कारण गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूमा पहिराका कारणले धेरै ठाउँमा सडक अबरुद्ध भएको छ । असार २८ गते विहान ६ बजेदेखि मनाङ कास्की म्याग्दी गाेरखा ,पर्वत ,तनहुँ लगायतका जिल्ला सदरमुकाममा रहेका सडक अविरल रूपमा परेको बर्षाकाे कारण ठाउँ ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ । म्याग्दी जिल्ला रघुगंगा गाउँ पालिका-२ बैसोरी स्थित बेनि-जोमसोम सडकखण्डमा पुन: पहिरो आई बाटो अबरोध भएको छ । पहिरोको कारण सडक खुल्ने समय अनिश्‍चित रहेको छ । यस्तै गोरखाकाे… पुरा पढौ

बागलुङको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै

बागलुङ / अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिका–वडा नम्बर १० डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गत जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको खुलाईएको छ । आश्रित गुल्म बागलुङको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो । यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बागलुङ नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ । पुरा पढौ

सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको छ । परिचयपत्र बनाउन असहजता भएकाले त्यसलाई लागू नगर्न निर्देशन दिइएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । ‘देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण… पुरा पढौ