समाचार

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिनुभयो । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो नीति तथा… पुरा पढौ

बागलुङ हटियाका नविन गाैतमकाे हत्यारा पक्राउ

बागलुङ / बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर ९ बस्ने २४ बर्षिय युवा नविन गाैतमका हत्यारालाइ प्रहरीले पक्राउ गर्न सफल भएको छ । मध्यपहाडी लाेकमार्ग अन्तर्गत बडगाउमा सडक छेउको नालीमा स्थानीय मित्रलाल गाैतमकाे २४ बर्षिय छाेरा नविन गाैतम उत्तानो अवस्थामा मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि गुल्मी जिल्ला मुसिकाेट नगरपालिका १ घर भइ हाल गलकाेट नगरपालिका ९ बस्ने २५ बर्षिय राजु भनिने तजेन्द्र महतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए । गलकाेट नगरपालिका… पुरा पढौ

सङ्घीयता कार्यान्वयनका विषमया गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गर्नुभएको हो । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी… पुरा पढौ

मध्यपहाडी राजमार्ग बागलुङ बिहुँ खण्डको काम तत्काल शुरू गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौ /राष्ट्रिय गाैरवकाे आयोजनाकाे रूपमा रहेकोमध्यपहाडी राजमार्ग पटकपटक म्याद थप गर्दा समेत कालोपत्र नभएको भन्दै बागलुङका नेता र गाउँ पालिका प्रमुखले अर्थमन्त्री प्रकाश शरण महतको ध्यानाकर्षण गराएका छन । आयोजना लामो समयदेखि अधुरो रहिँ हिउँदमा धुलाम्य र बर्षामा हिलाम्मे भएर जनताले दुख पाईरहेको बागलुङ देखि घाेडाबाधे सम्मकाे मध्यपहाडी लाेक राजमार्ग काे समस्याको बिषयमा नेपाल सरकारका अर्थमन्त्री महत सँग भेटघाट गरेर महत्त्वपूर्ण छलफल गरेकाे नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेलले बताए । काठेखोला गाँउपालीकाका अध्यक्ष राजु थापा,काठेखोला गाँउपालीका वर्डा न.५… पुरा पढौ

मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री

माघ २४, काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु ।” विसं २०७६ मा परिषद्सम्बन्धी कानुन बने पनि पहिलो बैठक आफूले नै गत असारमा राखेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।… पुरा पढौ

बागलुङ हटियामा एकजना युवा मृत फेला पर्या

बागलुङ / बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर ९ मा एकजना युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मध्यपहाडी लाेकमार्ग अन्तर्गत बडगाउमा सडक छेउको नालीमा स्थानीय मित्रलाल गाैतमकाे २४ बर्षिय छाेरा नविन गाैतम उत्तानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए । घटनाको जानकारी भए लगत्तै प्रहरी टाेली परिचालन भइ घटनाको अनुसन्धान शुरू गरेको घटना स्थलदेखी ७० मिटर तल मृतकले लगाउने गरेको चप्पल फेला परेको हुदा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको… पुरा पढौ

बिहुँकाेट खड्ग देवटा मन्दिर

बागलुङ जिल्लाका महत्त्वपूर्ण धार्मिक शक्ति पिठ मध्य करिव ४१२ वर्ष भन्दा पहिले स्थापित शान्ती र शक्तिका प्रतीक बिहुँकोट खड्ग देवता मन्दिरको विशेषता,बारेगण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र थापालाई जानकारी गराइएको छ । एतिहासिकता, पौराणिकता, धार्मिक आस्था र वर्तमान अवस्थाको बारेमा छोटो तर विशेष जानकारी गराउने काम भएको वेद कडेलले बताए । बागलुङ सदरमुकाम संगै जाेडिएकाे काठेखाेला गाउँपालिकामा अवस्थित खड्द देेवटा मन्दिर प्रचारप्रसारकाे अभावकाे कारणले धार्मिक पर्यटक भित्र्याउन नसिएकाे हुदा यसको प्रचारप्रसारमा सबैले सकारात्मक भुमिका खेल्न सके यहाँ… पुरा पढौ

बागलुङमा आमा सेमिनार सम्पन्न

बागलुङ /बागलुङ सदरमुकाममा आमा सेमिनार गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजना र मानवसेवा आश्रमको सहकार्यमा आमा सेमिनार आयोजना गरिएको हो। मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्‍याउने उद्देश्यले सेमिनार आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले सन्तानले जिम्मेवारी वोध नगर्दा धेरै बुवा आमा सडक तथा आश्रममा पुग्र्नु सबैभन्दा दुर्भाग्य भएको बताउनु भयो । समाजमा सकारात्मक… पुरा पढौ

पटकपटक मात्रै बक्तब्य निकालेर देवकुमार नेपाली बचत कर्ताहरूलाइ रणभुलमा पार्न ब्यस्त छन् ?

काठमाडौं ।हजारौं बचतकर्ताहरुको २ अर्ब रुपैयाँ भन्दा बढी बचत अबचलन गरी ८ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख एवम् इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले एक वक्तव्य प्रकासित गरि सबै सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न तयार भएको फेरि पछिल्लो पटक ब्यक्त निकालेका छन् । तत्कालीन इमेज बचत सहकारीका अध्यक्ष रहेका नेपालीले माघ १९ गते एक वक्तव्य प्रकाशित गरि आफनो र आफनो श्रीमती छेला नेपालीको नाममा रहेको सबै सम्पत्ती दिन तयार भएको, त्यसको लागि वातावरण… पुरा पढौ

मानव अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौँ, २३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताउनुभयो । “नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मानव अधिकार बिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार… पुरा पढौ