दृष्टिबिहिन मधुसूदनकाे कबिता संग्रह मायाको आयातन  बिमाेचन काठमाडौ /दृष्टिबिहिन मधुसूदन घिमिरेको कविता संग्रह मायाको आयातन एक कार्यक्रम बिच पर्यटन बोर्डकाे हलमा विमाेचन गरियो ।

-


     हिडन खबर    
     जेठ १५ गते २०८१ मा प्रकाशित


सधैं ठूलो तामझामका साथ राजनीति नेताहरूको भाषणमा केन्द्रीकृत हुने कार्यक्रम आजभने फरक परिवेशमा अगाडि बढेको थियो ।प्रमुख अतिथि देखि मन्च आसिन सबै बक्ताहरूले मात्रै साहित्यकाे बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रमुख अतिथि : पूर्व प्रधानमन्त्री झलनाथ खनालले कबिता संग्रहकाे बिमाेचन गर्दै कबिता संग्रह मायाको आयनतनमा भएको समसामयिक बिषयमा लेखिएको  गुच्चा कबिता बाचन गरेर देशको राजनीति बारे चर्चा गरेका थिए ।

कार्यक्रममा कबिता संग्रहका लेखक मधुसूदन घिमिरेले गणतन्त्र दिवसको अवसरमा लेखेको आगाे शिर्षककाे कबिता

घरको आगाे बाल्न निस्केका बा
मुढाे बनेर फर्किएछन्
बाःतिमीले आगाे खाेज्न पर्ने श्रृङखलाकाे अन्त्य
भएको छ आज
तिम्रो लागि
म आगाे लिएर आएको छु

२०५७ सालमा बागलुङको बडिगाड गाउँपालिका ५ मा इन्द्रिरा घिमिरे र कमलप्रसाद घिमिरेका कान्छा सन्तानकाे रूपमा जन्मिएका मधुसूदन घिमिरे जन्मजात दृष्टिविहिन हुन् ।कीर्तिपुरस्थित एकीकृत बिद्यालय लेबाेरेटाेरीबाट आ‌ैपचारिक शिक्षा शुरू गरेका उनको अनेकन उपचारका बाबजुद संसार देख्न नसके पनि रेडियोले उनलाई साहित्य मार्फत संसार देखायो ।

प्रविधिको माध्यमबाट उनी लेख्न पढ्न मात्र हाेइन सूचना प्रविधिमा दक्ष भएका घिमिरे मानविकी बिषय लिएर अध्ययन गर्ने क्रममा अपांगता भएका युवाहरूको सुचना प्रविधिकाे अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ मा सहभागी भएका थिए ।दृष्टिविहीनहरूकाे लागि सुचना प्रविधिकाे माध्यमबाट याेगदान पुर्याएकाे कारण घिमिरे ब्लाइन्डरक नामक संस्थाबाट सम्मानितसमेत भएका थिए ।

सन् २०१९ देखि २०२२ सम्म घिमिरेले रेडियो कार्यक्रम मुक्तक आयाम संचालन गरेका उनलेे सन् २०२३ मा Gobal ugrad exchange program मा छनाेट भएर संयुक्त राज्य अमेरिकास्थित मिजुरी स्टेट युनिभर्सिटीमा केही समय अध्ययन गरेका घिमिरे मनाेसामाजीक बिमर्शकर्ताका रूपमा कार्यरत छन् ।घिमिरेका केही गीतहरू समेत रेकर्ड भएका छन् ।अहिले बिमाेचित कबिता संग्रह पुस्तक यो मायाको आयातन घिमिरेको पहिलो कृति हाे ।

साहित्यपाेष्टका अध्यक्ष आश्वनी काेइरालाकाे अध्यक्षतामा
कार्यक्रम सम्पन्न भएको थियोे ।