
काठमाडौं / साँच्चै, किन आउँछ याद? कहिले सताउँछ कहिले तड्पाउँछ अनि आफू आफैमा हराउछ हाे यस्तै युवा जोडीबीचको प्रेमलाई देखाइएको एक म्युजिक भिडियाे हासेकाे फाेटाे लाई गायिका बिन्दा परियारले बजारमा सार्वजानीक गरेकि छिन ।
युवा पुस्ताकाे प्रेम मा जाेडियका कयाै जाेडीहरूकाे लागि याे गितले माया प्रेम र यादलाई छर्लङ्ग प्रस्तुत गरेकाे छ ।
स्याङ्जाका चेतन गाेतामेकाे शब्द संगित स्वयम्ब गाेतामे र गायिका परियारकाे आवाज रहेकाे ,गितमा माैसम हिमाली र जुना विश्वकर्माकाे दमदार नृत्य रहेकाे छ ।
माैसम हिमालीकाे निर्देशन ,नबराज उप्रेतीकाे छाँयाङकन र राजकुमार मगरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे चेतन गाेतामे अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।









