समाचार

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना यात्रु घाइते

चितवन / माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा मंगलबार बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना यात्रु घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ ,घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग… पुरा पढौ

अग्नी पीडितलाई राहत सहयोग

बागलुङ ।फुर्सै बराहताल सामाजिक संस्थाले अग्नी पीडितलाई राहत स्वरूप नगद सहयोग प्रदान गरेकाे छ । बागलुङ जिल्ला तमान खाेला गाउँ पालिका वडा नम्बर २सिल्गुम सामुदायिक बनमा लागेको आगलागी नियन्त्रण गर्न जाँदा मृत्यु भएका आगलागीमा परि घाइते भएका ब्यक्ति लाइ राहत स्वरूप सहयोग गरेको संस्थाले जनाएको छ । आगलागीबाट घाइते भएका प्रेमबहादुर घर्ती मगर र ज्ञान बहादुर बुढामगर लाइ ३ लाख १७ हजार ४ सय ५६ रूपैयाँनगद उपचारको लागि सहयोग गरेको मृतका परिवारलाई ७५ हजार आगलागीबाट घर क्षति भएका रामबहादुर विक… पुरा पढौ

दिलिसा भण्डारीकाे न्यायको लागि बागलुङ बन्द आह्वान

बागलुङ / जेठ १ गते रहस्यमय ढंगले मृत्यु भएकी दिलिसा भण्डारीकाे लागि छिटो छरितो न्याय दिलाउनकाे लागि जेठ ८ गते मंगलबार बागलुङ बन्दकाे लागि आह्वान गरेको छ । दिलिसा भण्डारी संघर्ष समिति गठन गरेर संघर्ष समितिका संयाेजक कृष्ण भण्डारी र सचिव हरि जिसीले विज्ञप्ति प्रकाशित गरि मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म बागलुङ बन्दकाे घाेषणा गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० काे देवेन्द्र भण्डारी र सावित्री भण्डारीको छाेरी एवम् काँठेखाेला गाउँपालिका वडा नम्बर १ कि बुहारी… पुरा पढौ

सहकारीहरु सुध्रिनुको विकल्प छैन ः सचिव गोकर्णमणि दुवाडी

बागलुङ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव गोकर्णमणि दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँन नहुने बताउनु भएको छ । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका संचालकहरुसँगको अन्तरक्रियमा बाल्दैे सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र धर्मराएको बताउनु भएको हो । केही सहकारीले बदमासी गर्दा समग्र क्षेत्रले बदनामी खेप्नुपरेको भन्दै मन्त्रालयले समस्याको समाधानको लागि पहल गरिरहेको बताउनु भयो । सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा र सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखिएको भन्दै… पुरा पढौ

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो । “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,” प्रधानन्त्री प्रचण्डले भन्नुभयो, “ राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर… पुरा पढौ

आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकालाई खाेप

बागलुङ / स्वास्थ कार्यालय बागलुङको आयोजनामा जिल्ला खाेप समन्वय समिति र सराेकारवाहरू र संचारकर्मिहरू बिच अभिमुखी कार्यक्रम गरेर पाेलियाे राेग विरुद्दकाे प्रतिराेधात्मक क्षामता बढाउन आईपिभी खाेप अभियान शुरू हुने भएको छ । आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो देखिने जोखिम हुँदा अभियान मार्फत खोप लगाइने भएको छ । नेपालमा आई.पि.भि. खोप २०७१ सालदेखि बालबालिकालाई बागलुङ जिल्ला आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लामा आई.पि.भि. खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ… पुरा पढौ

बागलुङ नगरपालिकाका जनप्रतिनिधिकाे चियापान कार्यक्रम स्थगित

बागलुङ / बागलुङ नगरपालिकाकाे जनप्रतिनिधिहरूकाे दुई बर्षिय कार्यकाल पुरा भएको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रम बिशेश कारण बस स्थगित भएको छ । बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको दुई बर्ष पुरा भएको भन्दै नगर प्रमुख बसन्त श्रेष्ठ र उप प्रमुख राजु खड्काले आइतबार बेलुका ६ बजेको लागि आयोजना गरेको चियापान कार्यक्रम दिलिसा भण्डारीकाे रहस्यमय ढंगले मृत्युु भएको भन्दै आन्दोलनरत महिला दिदीबहिनीहरूले बिथोले पछि स्थगित भएको हाे । हाम्रो दुई बर्ष कार्यक्रम भन्दै बागलुङ नगरपालिका वडा नम्बर २ बीरेन्द्र ऐश्वर्य… पुरा पढौ

दिलिशा भण्डारीको रहस्यमय मृत्यु निष्पक्ष छानबिन गर्न बागलुङ नगरपालिकाकाे माग

बागलुङ / बागलुङ नगरपालिका नगर कार्यपालिका कार्यालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरि रहस्यमय तरिकाले मृत्यु भएकी दिलिसा भण्डारी दिक्षाकाे निष्पक्ष छानबिन गर्न माग गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ नगर उप प्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले बागलुङ नगरपालिका वडा नम्बर १० गलुवामा जन्म भई काँठेखाेला गाउँ पालिका १ खहरे निवासी भण्डारीको जेठ १ गते रहस्यमय मृत्यु भएको घटना प्रति नगरपालिका परिवार स्तव्ध भएको जनाएको छ । उक्त घटनाको यथाशक्य छिटो वास्तविक सत्य तथ्य… पुरा पढौ

गाैशालामा डाेजर चलायाे काठमाडौं महानगरपालिकाले

काठमाडौ / काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएको भौतिक संरचना भत्काउन शुरू गरेको छ । काठमाडौ महानगर प्रहरी बलले गौशाला चोकमा सडक किनार अतिक्रमण गरी बनाइएका घर, टहरा तथा पसलहरुमा आज बिहान डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काइएको बताउनुभयो ।  महानगरले घरमा डोजर चलाएपछि त्यहाँ झडपको स्थिति बनेको थियो । त्यसक्रममा स्थानीयले सडकमा उत्रिएर महानगरविरुद्ध मेयर बालेन साह बिरूद्व चर्को नाराबाजीसमेत गरे ।  ‘गौशाला चोकका केही घरमा डोजर चलाइएको सडकमा परेका… पुरा पढौ

प्रमुख जिल्ला अधिकारी रिजालकाे बिदाइ

बागलुङ / जिल्ला प्रशासन कार्यालय, बागलुङबाट जिल्ला प्रशासन कार्यालय, बाँकेमा सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजाललाई एक कार्यक्रम बिच विदाइ गरेको छ । बागलुङ जिल्लामा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजीकरण साथै समग्र जिल्लाको जिल्ला सुरक्षा समितिको अध्यक्ष भई गर्नुभएको नेतृत्व सकारात्मक रहेको भन्दै आभार व्यक्त गर्दै बाँके जिल्लामा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका छन् । बाँके जिल्ला प्रशासन कार्यालयमा सरूवा हुनुभएका रिजाल आजै जिल्ला बाट आफ्नाे कार्यक्षेत्रमा… पुरा पढौ