समाचार

सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा पुर्व वडा अध्यक्ष सहित दुई जनाको मृत्यु

सिन्धुपाल्चोक / लगातार रूपमा दुई दिनदेखि परेको वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखुपाख गाउँपालिका ३ का पूर्व वडाध्यक्ष दम्पतीको मृत्यु भएको छ । गएरातिको पहिरोले घर पुरीएर लिसंखुपाखर –३ का पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए । राति करिब १ बजे आएको पहिरोमा परी उनिहरुको घटनास्थलमै मृत्युु भएको अध्यक्ष लामाले बताए । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएपनि उनिहरुको जिवितै उद्धार गर्न नसकिएको हो । अविरल बर्षापछिको पहिरोका… पुरा पढौ

बागलुङमा वर्षा बाट एक घरमा क्षति

बागलुङ / अविरल रूपमा परेको बर्षाकाे कारण बागलुङ नगरपालिकामा एउटा घरमा क्षति पुगेको छ । बागलुङ नगरपालिका वडा नम्बर ९ खुकुरे डाँडा बस्ने लालबहादुर दमाईकाे ढुंगा माटोले बनेको दुई तले कच्ची घरमा अविरल बर्षाकाे कारण घरकाे बार्दली देखि एक पाखे गाराे भत्किएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घरको एक भाग भत्किएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । शुक्रबारदेखि लगातार रूपमा वर्षा भइरहेको अरू ठाउँमा के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म नआएको प्रहरीले जनाएको छ । पुरा पढौ

बर्षकै उत्कृष्ट कलाकार सम्झना भण्डारी र कुशल वेलवासे सम्मानित

कास्की / राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालले लाेक दाेहाेरी गायिका सम्झना भण्डारी र गायक कुशल वेलवासेलाई बर्षकै उत्कृष्ट गायक गायिकामा सम्मान गरिएको छ । प्रतिष्ठानले बर्ष भरिकाे कार्य सम्पादनका आधारमा गायिका भण्डारी र गायक कुशल वेलवासेलाई सम्मान गरेकाे हाे । उनीहरू लाई शनिबार पाेखरामा आयाेजित लाेक दाेहाेरी गीत प्रतिष्ठान नेपालकाे २४औं केन्द्रीय वार्षिक साधारणसभा विधान अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय शुरेन्द्रराज पाण्डेले सम्मान गर्नु भएकाे हाे । सम्मानित गायिका भण्डारी पछिल्लाे समयमा… पुरा पढौ

पुजाकाे वैरागीलाई न दशै तिहार सार्वजानीक

केपि कुमार जलन तीज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा गायिका पुजा पुरीकाे यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी गित वैरागीलाई न दशैं तिहार गित’ बजारमा सार्वजानीक भएकाे छ ।   यो गीतको भिडियो रामहरी भण्डारी अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।यो गीतमा गायक रामहरी भण्डारी लाई गायिका पुजा पुरीले स्वरमा साथ दिएकी छन् । गीतमा गरिवहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ ।दशैं पर्व गरिबहरुका लागि दशा बन्ने… पुरा पढौ

भारी वर्षा बाट सतर्क रहन माआ‌ेवादी अध्यक्ष प्रचण्डको अपिल

काठमाडौं /माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको हुदा सतर्क र सजग रहन अपिल गर्नुभएको छ। पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालले हार्दिक अनुरोध गर्नुभएकाे छ । राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन… पुरा पढौ

प्रतीक्षित चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ । १ मिनेट २० सेकेन्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यस चलचित्रमा केही… पुरा पढौ

बिद्धुतिय काराेवार ऐन अनुसार पक्राउ परेका एकबहादुर केसीलाई ५ दिन म्याद थप

बागलुङ । बिद्धुतिय काराेवार ऐन अनुसार बागलुङ नगरपालिकाकाे उजुरीको आधारमा पक्राउ परेका एकबहादुर केसीलाई प्रहरीले ५ दिनको म्याद थप गरेको छ पक्राउ परेका केसीलाई जिल्ला अदालत बागलुङले अनुसन्धानकाे लागि ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी सुनील शर्मा चिलुवालले बताए । केसीले सामाजिक संजाल फेसबुकमा सामाजिक सद्भाव खलबल पुर्याउने सामाग्री प्रकाशन गरेको भनी बागलुङ नगरपालिका कार्यपालिकामा कार्यरत सुवास गैरेकाे जाहेरीले वादी नेपाल सरकार प्रतिवादी एकबहादुर केसीभएको बिद्धुतिय काराेवार ऐन २०६३ काे मुद्दा दर्ता भइनिज केसीलाई ५… पुरा पढौ

सहकारीमा अरवाै ठगेर फरार रहेका देवकुमार नेपाली दिल्ली बाट पक्राउ

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अबचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बताउनुभयो । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन… पुरा पढौ

बागलुङ सदरमुकाममा बाट एकबहादुर केसी पक्राउ

बागलुङ । एकबहादुर केसीलाई प्रहरीले आज बागलुङ सदरमुकामबाट पक्राउ गरेको छ । बागलुङ सदरमुकाममा रहेको बसपार्क उद्घाटन भएर पनि नियमितरूपमा बसपार्क बाट बस नछुटेकाे भन्दै आक्राेशीत भएर बागलुङ बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिलालेख घनले तोड्फोड गर्ने अभिव्यक्ति दिएपछि केसीलाई विद्युतीय ऐन अन्तर्गत पक्राउ परेका हुन् । बागलुङ नगरपालिकाले दिएको निवेदनको आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनु भयो । पक्राउ परेका केसीलाई अदालतमा म्याद थप गर्न… पुरा पढौ

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । नागढुंगा नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदो सहितको पहिरो खस्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।  शुक्रबार दिउँसो लेदो सहितको पहिरो खसे पछि नौबीसे तर्फको सुरूङ मार्गको प्रवेशद्वार नजिकै पहिरो खसेपछि सडक दुई तर्फी नै यातायात अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् । ३ दिनसम्म अविरल वर्षा हुने भनी उच्च सतकर्ता अपनाउनसरकारले सुचना जारी गरेको… पुरा पढौ