अनलाइन ब्यापारकाे नाममा विपिन कुमारकाे ठगी धन्दा

-


     हिडन खबर    
     फागुन २८ गते २०८१ मा प्रकाशित


काठमाडौं ।हिजोआज अनलाइन ब्यापाररकाे नाममा ठगी धन्दा फस्टाएर गएको छ ।सामाजिक संजाल टिकटक अनलाइनकाे माध्यमबाट विभिन्न सामानहरूकाे विज्ञापन गरि आम उपभोक्ता लाई आकर्षित गरेर ठगी गर्ने एकजना गिराेह विपिन कुमार श्रेष्ठले श्रेष्ठ फेसन कलेक्सन चितवन पर्सा टिकटक आइडिबाट ठगी गर्ने क्रम जारी छ ।

आफ्नो पसलमा विभिन्न लेडिज फेसनकाे सामानको विज्ञापन गरि आम उपभोक्ता संग आफ्नो ज्याेती विकास बैंक लिमिटेडकाे  विपिन कुमार श्रेष्ठ ०३८१८००८५०२४२००००००१ खाता नम्बरको क्यूआर काेर्ड ह्वाटस एपमा पठाएर रकम अशुल्ने तर सामान नपठाएको गुनासो धेरै उपभोक्ताले गरेका छन् ।

केही दिनअघि काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का एकजना उपभोक्ताले केही सामानको लागि श्रेष्ठ संग कुराकानी गरि ८ हजार रूपैयाँ श्रेष्ठले दिएको ज्याेती विकास बैंकमा रहेको खाताकाे क्यूआर काेर्डमा रकम जम्मा गरेपछि अनलाइन ब्यापारी हुँ भन्ने ठग नटवरलाल श्रेष्ठले रकम खातामा जम्मा भएको छैन पुन ८ हजार रूपैयाँ पठाएपछि सामान आउने बाकी पैसा फिर्ता गर्ने म्यासेज पठाएपछि उनी अनलाइनकाे ठगी धन्दा गर्ने ब्यक्ति भएको थापा पाएकाे पीडित उपभोक्ताले बताए ।

उनले दिएको माेवाइ नम्बरमा फाेन नउठ्ने मात्रै ह्वाटस एपमा मात्र कुराकानी गर्ने गरेर श्रेष्ठले यतिबेला ठगी धन्दा चलाइरहेका छन् ।यस्तो ठगी धन्दा चलाउने ब्यक्ति लाई समयमै सबैले चिन्न जरुरी छ प्रहरी प्रशासनले पनि ठगी धन्दा गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिएर कानुनी कार्वाही गर्न जरुरी देखिन्छ ।