बागलुड उघोग वाणिज्य संघकाे अध्यक्षमा ३ जना आकांक्षी

-


     हिडन खबर    
     फागुन २९ गते २०८१ मा प्रकाशित


बागलुङ । उद्योग वाणिज्य संघ बागलुङको आगामी चैत १६ गते हुने अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएपछि उद्योग बाणिज्य संघको नेतृत्व गर्नकाे लागि वर्तमान कार्यसमितिका ३ जना आकांक्षी देखिएका छन् ।

१९ आ‌ै अधिवेशनमा अध्यक्ष पदको लागि संघका वर्तमान बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य वर्तमान महासचिव ऋषिराम गा‌‌ैतम ,वर्तमान काेषाध्यक्ष नवीन कुमार श्रेष्ठले आआफ्नो दाबी पेश गरेकाछन् ।

अहिले घाेषणा गरिएका ३ जना ब्यवसायी नेपाली कांग्रेस समर्थक हुन् ।निर्वाचन निजकिदै गर्दा ३ जनाले आआफ्नो दावी प्रस्तुत गरेपछि एकजना उमेदवार बनाउने जिम्मा पार्टीमा दिएको केही दिनभित्र पार्टीले उमेदवार छनाैट गर्ने कुरा अहिले घाेषणा गरेका उमेदवार काे रहेको छ ।

गत अधिवेशनमा निर्माण कुमार श्रेष्ठ र नरेश कडेलले अध्यक्षमा उमेदवारी दिएकोमा नेपाली कांग्रेस पार्टीले जिम्मेवारी दिएको टिमले नरेश कडेललाई आधिकारिक उमेदवार घाेषणा गरेपछि
निर्वाचनको अन्तिम समयमा कडेल सर्वसम्मत भएका थिए ।

एमाले माआ‌ेवादी राजमाे निकट ब्यवसायीहरूले
अहिलेसम्म अध्यक्षमा यो खबर लेख्दा सम्म उमेदवार बन्ने दाबी पेश गरेका छैनन् ।

चैत्र १६ गते शनिबार मतदानका लागि समय निर्धारण गरिएको छ । कार्यतालिका निर्वाचन समितिले आवश्यकता अनुसार केही फेरबदल पनि गर्न सकिने संघले जनाएको छ  । संघमा हाल कुल १ हजार ४२० उद्योगी व्यवसायी सदस्य छन् । सदस्यहरुले १ जना अध्यक्ष, विषयगतमा महिला उद्यमीतर्फ ३ सदस्य, उद्योगतर्फ २ सदस्य, वस्तुगततर्फ १ र खुल्लातर्फ १४ सदस्य गरी कुल २१ जनालाई मतदान गर्न पाउने छन् ।संघमा निर्वाचित अध्यक्षले ४ जना मनोनित गरी कुल २५ सदस्यीय कार्यसमिति गठन हुने ब्यवस्था रहेको छ ।