बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा उमाकान्त शर्मा बाबुले उमेदवारी दिने

-


     हिडन खबर    
     फागुन ३० गते २०८१ मा प्रकाशित


बागलुङ उद्योग बाणिज्य संघकाे अध्यक्षमा उमाकान्त शर्मा बाबुले आफ्नो उमेदवारी घाेषणा गरेका छन् ।यहीँ चैत १६ गते हुने अधिवेशनमा हुन गइरहेको निर्वाचनकाे लागि शर्माले आफ्नो सशक्त उमेदवार भएको हिडन खबर डट्कमलाइ बताए ।

२०६३ सालमा बागलुङ उद्योग बाणिज्य संघकाे कार्यसमितिमा प्रवेश गरेका शर्मा कार्यसमितिकाे  उप महासचिव ,बरिस्ठ उपाध्यक्ष पदमा पुगेर ब्यवसायीक हकहितमा काम गरिसकेको कारणले यसपटक संघको अध्यक्ष पदमा उमेदवार बन्न लागेको शर्माले बताए ।

बागलुङ उद्योग बाणिज्य संघमा बरिस्ठ उपाध्यक्ष भएर काम गरिसकेकाे कारण यसपटक अध्यक्ष भएर बागलुङका सम्पूर्ण ब्यवसायीकाे हकहितको लागि नेतृत्व गर्ने उदेश्यका साथ राम्रो सशक्त टिम बनाएर अगाडि बढ्न लागेको शर्माले हिडन खबर लाई बताए ।

नयाँ नेतृत्व चयनका लागि चैत १५ र १६ गतेका लागि तय गरिएको उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उद्योग वाणिज्य संघको ६१ औं वार्षिक साधारण सभा तथा १९ औं अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएपछि यतिबेला निर्वाचनको राैनक छाएको छ ।

बागलुङ उद्योग बाणिज्य संघमा अध्यक्ष पदमा उमेदवार बन्न वर्तमान बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य ,महासचिव ऋषिराम गाैतम र काेषाध्यक्ष नवीनकुमार श्रेष्ठले पनि आफुहरू आकांक्षी भएको घाेषणा गरिसकेका छन् ।यसपटकको निर्वाचनमा नेपाली कांग्रेस निकट ४ जना ब्यवसायी संघको नेतृत्व हात पार्न कम्मर कसेर लागेका छन् ।

अहिले आआफ्नो उमेदवारी घाेषणा गर्ने ४ जना उमेदवार मध्य राजन कुमार शाक्य ,उमाकान्त शर्मा बाबू ,ऋषिराम गाैतम र नवीनकुमार श्रेष्ठ मध्य ४ जनाले आफ्नो दाबी पेशका छन् ।एमाले ,माआ‌ेवादी,राजमाे निकट ब्यवसायीले भने अहिलेसम्म यसपटकको निर्वाचन केकसरी उमेदवार बन्ने भनेर यो खबर लेख्दासम्म आफ्नो दाबी प्रस्तुत गरेको भने छैन ।