समाचार

गायक युवराजको दशै कोसेली सार्वजनिक

काठमाडौं /नेपालीहरूकाे महानचाड बिजया दशमीकाे अवसरमा युवा गायक तथा संगीतकार युवराज मगर र समीक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘परदेशीको सम्झनाले छाती चर्कियो’ बजारमा आएको छ । दसैंको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको गीतमा शब्द र संगीत पनि मगरकै रहेको छ । रोजगारको सिलसिलामा विदेशमा रहेको सन्तानले चाडपर्वका समयमा घर फर्किन नपाएको र घरमा रहेका बाआमाको सम्झनामा बिताउनु परेको कथालाई गीतका शब्द र भिडियोमा प्रस्तुत गरिएको छ। ‘युवराज मगर’ युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा गणेश मान घले र जुना गुरुङको अभिनय रहेको… पुरा पढौ

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको… पुरा पढौ

काठमाडौं देखि बागलुङ बरेङसम्म रात्री बस सेवा शुरू

नेपालीहरूकाे महान चाड बिजया दशमीकाे अवसर पारेर असोज १७ गते देखि काठमाडौं देखि बागलुङ कुस्मिसेरा हुँदै राङ्खानी बरेङ सम्म रात्रीसेबा बस संचालन भएको छ ।धाैलागिरि गण्डकी यातायात प्रालिले दैनिक रुपमा काठमाडौं देखि बरेङकाे लागि दिउसो ४ बजे बस छुटाउन शुरू गरेको प्रालिका अध्यक्ष उमेश केसीले बताए ।काठमाडौं देखि बागलुङको बरेङ सम्मको बस भाडा १ हजार ७ सय कायम गरिएको केसीले बताए । यात्रुहरूको सहजताकाे लागि टिकट बुकिङको लागि काठमाडौं नयाबसपार्क स्थिति धवलागिरी गण्डकी यातायातको टिकट काउन्टर बाट बागलुङ बरेङ्को बसको… पुरा पढौ

शंकर लामिछानेको गीति एल्बम सार्वजनिक

पर्वत / सर्जक नायक शंकर लामिछानेको गीति एल्बम कुश्मा नगरपालिका र बाग्लुङ नगरपालिका बोलको गीतको आज पर्बतको कुश्मामा एक कार्यक्रम गरि सार्बजनिक गरिएको छ । कुश्मा पर्बतमा जन्मीई लामोसमय यता अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका शंकर लामिछानेले यस पटक पनि आफ्नो ठाउँको चिनारी बिश्वसामु पुगोस भन्ने हेतुले कुश्मा नगरपालिका बाग्लुङ नगरपालिका वोलको गित सार्बजनिक गर्नुभएको हो । सर्जक लामिछानेले यश अघि लोकप्रिय चलचित्र किन लाग्छ माँया,सामाजिक चलचित्र ए नेपाली हो साबधान,बोक्सी,बहुचर्चित गित झुक्कायो एनाले लगाएत दर्जनौं सृजनाहरु दर्शक श्रोता सामु… पुरा पढौ

बालिका तामाङ्गकाे मनै छुने दशै गीत फर्क अब प्रदेशी बजारमा

कास्की / दसैंको समयमा प्रदेशीएका नेपाली दाजुभाईहरूकाे एक कारूणिक कथामा आधारीत गायिका बालिका तामाङकाे फर्क अब प्रदेशी दशै गीत सार्वजानीक भएकाे छ । चाडपर्वकाे समय गाउँ नै रमाइलो हुन्छ, गाउँमा रमाइलो हुन मेला महोत्सव लाग्नै पर्दैन । दसैं आउँदा दुख कष्ट भएपनी दसैंले मनै रमाइलो गराएको अनुभुती हुन्छ भने गाउँ सँगको सम्बन्ध छुट्टै प्रगाढ हुन्छ । प्रदेशीलाई विकसित मुलुकको सुन्दर शहरहरु भन्दा गाउको तस्बिर देख्दा मन आनन्दित हुनेगर्छ । धर्तीको स्वर्ग जस्तो लाग्छ गाउँ । गाउँको कुना कन्दरा , पाखा… पुरा पढौ

कालीका भगवती गुठीद्वारा अध्यक्ष कुमार खड्का र चन्द्रबहादुर खत्री सम्मानित 

बागलुङ असाेज १७ कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले गुठीका अध्यक्ष कुमार खड्का र भैरवस्थान गुठीका काेषाध्यक्ष चन्द्रबहादुर खत्री लाई एक कार्यक्रम गरि सम्मान गरेकाेछ । सामाजिक र धार्मिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएकाे भन्दै भारत बाट मानार्थ डाक्टर उपाधि बाट सम्मानित हुनुभएकोमा कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङको तर्फबाट मन्दिर परिसरमा नव दुर्गाकाे अवसरमा  घटस्थापनाकाे दिन एक कार्यक्रम गरि बधाई तथा सम्मान गरिएको हाे । कालीका भगवती मन्दिर परिसरमा गुठीको तर्फबाट सम्मानपत्र दाेसल्ला अरिब बाट सम्मान गरिएको थियो । आफुहरूले… पुरा पढौ

नव दुर्गा लागेसंगै कालिका भगवती मन्दिरमा चहलपहल

बागलुङ असाेज १७   / नेपाल कै प्रसिद्ध धार्मिक शक्ति पिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागेपछि श्रद्वालु भक्तजन पुजा र मन्दिर दर्शनको मन्दिर पुगेका छन् । रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा यसपालि बाढी पहिरोकाे कारण टाढाटाढा भक्तजन भने आउन नसक्दा गतबर्ष जस्ताे चहलपहल भने देखिदैन । हिन्दु धर्मावलम्बीले मान्ने दशै पर्वकाे शुरूवात संगै नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा पुजा र दर्शनको लागि भक्तजनहरू बिहानै देखि मन्दिरमा पुगेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो… पुरा पढौ

अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौं, १६ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गर्नुभयो । बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपतप्रति विश्वको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति… पुरा पढौ

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको योजनाबद्ध पहल पुगेन माआ‌ेवादी अध्यक्ष प्रचण्ड

काभ्रे, १६ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ । काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा… पुरा पढौ

ढाेरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान

बागलुङ , १५ असाेज । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार रहेका  इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले आज भएको बहसबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । १६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार बुझाएको थियो । इजालश अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको… पुरा पढौ