
बागलुङ उद्योग बाणिज्य संघको आसन्न अधिवेशन ६१आैं साधारणसभा र १९ आैं अधिवेशन नजिकिदै गर्दा बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष काे बन्ने भन्ने अझैसम्म टुंगो लागेको छैन ।आजसम्म आइपुग्दा बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षकाे लागि ७ जना आकांक्षी देखिएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि चैत १२ गते गर्ने प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गाैतमले सुचना जारी गरिसक्दा समेत यसपटक ककसले उमेदवारी दिने भन्ने कुनै टुंगो लागेको देखिदैन ।
बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षकाे लागि पुर्व बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबू ,वर्तमान बरिस्ठ उपाध्यक्ष राजनकुमार शाक्य ,वर्तमान महासचिव ऋषिराम गाैतम बर्तमान काेषाध्यक्ष नवीन कुमार श्रेष्ठ पुर्व काेषाध्यक्ष वर्तमान सदस्य श्रीजय श्रेष्ठ आकांक्षी देखिएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षकाे लागि अध्यक्षमा आकांक्षी देखिएका ५ जना नेपाली कांग्रेस संग समबद्व ब्यापारी ब्यवसायी हुन् ।यसपटक अध्यक्षमा ५ जना आकांक्षी देखिएपछि अहिले आकांक्षी देखीएकाहरू संग छलफल गरेर एकजना लाई अध्यक्षकाे उमेदवार बनाउने तयारी भइरहेको अध्यक्षका आकांक्षीहरूले हिडन खवरलाइ बताए ।
एमाले निकट ब्यवसायी पुर्व महासचिव दयाराम पाैडेलले यसपटक बागलुङ उद्योग बाणिज्य संघलाई सर्वसम्मत बनाउने प्रयासमा आफू लागिरहेको अध्यक्षकाे सवालमा सर्वसम्मत भएको खण्डमा आफुले उमेदवारी दिने पाैडेलले बताए ।बागलुङ उद्योग बाणिज्य संघमा सबैलाई समेटेर लैजानुपर्ने आफ्नो धारणा रहेको बागलुङ उद्योग बाणिज्य संघका दृतीय उपाध्यक्ष सन्जय श्रेष्ठले बताए ।संघको नेतृत्व
गर्न आफू तयार रहेको हुदा सहमति नभएको खण्डमा अध्यक्षमा उमेदवारी दिने श्रेष्ठले बताए ।
चैत १५ गते हुने निर्वाचनमा बागलुङ जिल्लाका १४ सय भन्दा बढी बागलुङ उद्योग बाणिज्य संघका आजीवन सदस्य र साधारण सदस्यले मतदान गर्ने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।अहिलेसम्म ३ बर्षकाे लागि कार्यकाल हुदै गरेको संघमा अबदेखि २ बर्षकाे कार्यकाल हुने ब्यवस्था गरेको छ ।संघको उमेदवारी दर्ता चैत १२ गते उमेदवार बारे दाबी विरोध नाम फिर्ता र अन्तिम नामावली प्रकाशन १३ गते गर्ने कार्यक्रम तय गरेको छ ।
बागलुङ उद्योग बाणिज्य संघको १८ आै अधिवेशन बाट सर्वसम्मत भइ नरेश कडेल अध्यक्ष हुन सफल भएका थिए ।



















