धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला चैत २० देखि २५ गतेसम्म हुने

-


     हिडन खबर    
     चैत्र ७ गते २०८१ मा प्रकाशित


बागलुङमा यश बर्ष पनि ऐतिहासिक चैते दशै पर्वको अवसरमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला २०८१ हुने भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० गतेदेखि २५ गतेसम्म बिभिन्न सांस्कृतिक तथा खेलकुदका कार्यक्रमका साथ धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको हो ।

मेलाको अवसरमा बिषेश गरि कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता चैत २० गतेदेखि २५ गते सम्म हुने समितिका अध्यक्ष डाक्टर कुमार खड्काले बताए ।

पुरुष भलिवको बिजेतालाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष खड्काले बताए ।

प्रतियोगिताबाट बिजेतालाई नगद ८० हजार ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ४० हजार ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिता बाल उद्यान बाङ्गेचौर खेल मैदानमा हुने खड्काले जानकारी दिनुभयो ।

यस्तै चैते दशैकाे अवसरमा छेलाे प्रतियोगिता दाेहाेरी गीत प्रतियोगिता ,राष्ट्रिय कलाकारहरूकाे प्रस्तुति रहने छ भने
भजनकाे प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।