समाचार

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताउनुभयो । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा… पुरा पढौ

महादेवस्थान-मातातीर्थ खानेपानी समितिकाे अधिवेशन सम्पन्न

काठमाडौ / महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अधिवेशन बाट अध्यक्षमा एल बहादुर महर्जन निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिका ५, ६ र ७ महादेवस्थानमा विगत १३ वर्षदेखी खानेपानी सेवा वितरण गर्दै आएको समितिका अध्यक्षसहित सबै ११ पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मन चयन भएका छन् । समितिको उपाध्यक्षमा अधिवक्ता पुरुषोत्तम उदास सचिवमा माधव प्रसाद रेग्मी बिना रोकाय कोषाध्यक्ष, नन्द कुमार महर्जन सहसचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यमा रमेश कुमार रुपाखेती, विवेक ढकाल, भक्तलाल श्रेष्ठ, विष्णुबहादुर महर्जन, यशोधा गाैतम… पुरा पढौ

सरकारको जनमुखी कदमले गणतन्त्रप्रति जनताको भरोसा बढाएको छ : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धी मान्नुपर्ने बताउनुभयो । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र… पुरा पढौ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिनुभएको हो। नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२… पुरा पढौ

बागलुङमा जीप दुर्घटना ३ जना घाइते

बागलुङ नगरपालिका वडा नम्बर ४ बान्द्रेमा बागलुङ सदरमुकाम देखि बेनी तर्फ जादै गरेको ध १ ज १६४ नम्बरको जीप दुर्घटना हुदा ३ जना घाइते भएका छन् । बेनी तर्फ जादै गरेको जीप ब्रेक फेल भइ दुर्घटना हुदा जीपमा सवार १० जना यात्रु मध्य चालक सहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।घाइतेहरूलाइ उपचारको लागि धाैलागिरि अस्पताल बागलुङ पठाएको केसीले बताए ।घाइते हुनेहरूमा जीप चालक बागलुङ जिल्ला काँठेखाेला ४ का सितल पुन ,म्याग्दी जिल्ला… पुरा पढौ

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार कारागार चलान

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार लाइ जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार चलाउन गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरि बागलुङ ल्याएकोमा १५ गते अदालतमा पेश गर्दा पुर्पक्षका लागि साेमबार कारागार चलाउन गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए । सहकारीका अध्यक्ष देव कुमार नेपाली… पुरा पढौ

अष्ट्रेलियमा फिल्म ‘चित्रा’को रेड कार्पेट प्रिमियर, स्थानिय मेयर तथा कलाकार सहभागी हुने

 काठमाडौ‌, १६ माघ ।  बाबुछोरीको पारिवारिक कथा बोकेको 'चित्रा' फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ।निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन्।फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाँकन गन्तव्यका रुपमासमेत चिनुन भन्ने उदेश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए। उनले पर्यटनलाई पनि केही टेवा… पुरा पढौ

आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र… पुरा पढौ

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ, १५ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो । सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन… पुरा पढौ

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

सिमरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तक्र्रिया गर्दै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पार्नुभयो । “निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भन्नुभयो, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।” ‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध… पुरा पढौ