समाचार

गायिका सिम्रन परिवारलाई युएसद्वारा सम्मान

नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिका सिम्रन परियारलाई उनले अध्ययन गरेको विद्यालयद्वारा सम्मान गरिएको छ । गायिका परियारले १० कक्षासम्म अध्ययन गरेको विद्यालय युनिभर्सल सवलाइन एकेडेमीले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो । विद्यालयमा आयोजित नेपाली भेषभुषा प्रदर्शन एवं सम्मान कार्यक्रममा गायिका परियारलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल अशोक केसीले बताउनुभयो । "सानैदेखि पढाईमा समेत अब्बल सिम्रनको स्वरमा मधुरता थियो, विद्यालयका आन्तरिक एवं बाह्य कार्यक्रमहरुमा सहभागी हुने र उत्कृष्ट पुरस्कार ल्याउने हाम्रै विद्यार्थीले नेपालीको सांगीतिक क्षेत्रमा चर्चा कमाउँदा निकै खुसी… पुरा पढौ

किन भयो समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द ?

अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ ।अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सले अधिकारीको भिसा रद्द गरिदिएको हो । होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब-क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो । किन भयो भिसा रद्द ? गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन् । त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर-टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन् । त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै… पुरा पढौ

सुनिल शर्मालाई कार्वाहीकाे माग गर्दै अखिल क्रान्तिकारी

नक्कली सर्टिफिकेटधारी मेडिकल माफिया सुनिल शर्मालाई कार्वाहीकाे माग गर्दै अखिल क्रान्तिकारीले काठमाडौंमा बिराेध प्रदर्शन गरेको छ । माआ‌ेवादी निकट भातृसंगठन अखिल क्रान्तिकारीका बिद्यार्थीहरूले माइतीघर मण्डलामा आएर नक्कली सर्टिफिकेटधारी मेडिकल माफिया शर्मा बिरूद्व आन्दोलनमा उत्रिएको बताए ।सांसद समेत रहेका शर्माको सर्टिफिकेट नक्कली प्रमाणित भइसकेको हुदा उनलाई तत्काल सांसद बाट हटाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । अखिल क्रान्तिकारीका बिद्यार्थी नेताले यदि भ्रष्टाचारीलाइ कार्वाही गर्दा मा‌आ‌ेवादीलाइ आतंककारी कारी देख्छ भने माआ‌ेवादी आतंककारी भएको बताए । माइतीघर मण्डलामा भेला भएका बिद्यार्थीहरूले सांसद सुनिल… पुरा पढौ

बडिगाडको सार्वजनिक सुनुवाई भदौ २ गते हुने

बागलुङको बडिगाड गाउँपालिकाले आगामी भदौ २ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको समिक्षा तथा सार्वजनिक सेवा प्रवाहको सवालमा नागरिहरुलाई सुसूचित गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाकाले जनाएको छ । स्थानीय शासन सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार स्थानीय निकाय र नागरिकहरु बीचमा दोहोरो सम्बाद स्थापित गर्दै विकास निर्माणका कार्य र सेवाप्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन हरेक सार्वजनिक सुनुवाईको नियमित आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।भदौ २ गते… पुरा पढौ

वडाध्यक्षलाई विद्यालय व्यवस्थापनको नेतृत्व दिने निर्णयप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आपत्ति

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा उल्लेख भएका विषयमा आपत्ति जनाउँदै महासंघले बागलुङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापा, बागलुङका अध्यक्ष भवानी प्रसाद रिजाल, बागलुङ नगर कार्यसमितिका अध्यक्ष बावुलाल शाक्य लगाएतले बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा प्रस्तावित विद्यालय शिक्षा… पुरा पढौ

रातामाटाका १ सय ७९ घरमा कलकल बग्न थाले पानीका धारा

बागलुङ । बागलुङ नगरपालिका वडा नम्वर ३ रातामाटाका १ सय ७९ घरमा चौविसै घण्टा खानेपानीको सहज पहुँच पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र बागलुङ नगरपालिकाका सहयोगमा निर्माण भएको रातामाटा खानेपानी तथा सरसफाई आयोजनाबाट चौविसै घण्टा खानेपानीको आउने भएको हो । नेवाको ६८ लाख १४ हजार ६ सय ८१, बागलुङ नगरपालिकाको १६ लाख ९३ हजार ७ सय ९४, उपभोक्ताबाट नगद ६ लाख ३० हजार, उपभोक्ताको जनश्रमदान १९ लाख ६९ हजार ९ सय १६ गरी जम्मा १ करोड ११… पुरा पढौ

बागलुङ नगर स्वास्थ्य संस्था तथा फार्मेसी संचालन कार्यविधि संशोधनको माग

बागलुङका औषधी व्यवसायीहरुले नगरपालिकाले ल्याएको बागलुङ नगर अस्पताल/स्वास्थ्य संस्था फार्मेसी सेवा संचालन कार्यविधि २०७८ लाई संशोधन गरि कार्यन्वयनमा लैजान माग गरेका छन् । बागलुङमा औषधी व्यवसायी संघको आयोजना र बागलुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित अन्तक्रिया कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन् । बागलुङ नगरपालिकाले २०७८ सालमा तयार पारेको कार्यविधिमा केही कुराहरु संशोधन गर्न आवश्यक रहेको सहभागिले बताएका हुन् । अन्तराष्ट्रिय मापदण्डलाई आधार मानेर कार्यविधि निर्माण भएको भन्दै जिल्ला र भूगोल सुहाउदो बनाउनुपर्ने व्यवसायीले माग गरेका छन् । कार्यक्रममा बोल्दै… पुरा पढौ

पानी पर्दा हिँड्नै सकिन्न बागलुङ बजार

बागलुङ बजारमा ओहोरदोहोर गर्ने सवारीसाधन र पैदल यात्रुले अनेकौं समस्या झेल्नुपरिरहेको छ । पछिल्लो समय बागलुङ नगरपालिकाले सडक पेटी अतिक्रमीत व्यावसाय तथा ठेलाहरु हटाउने अभियान चलाएर केही सहजता देखिएको छ तर बजारमा सामान्य पानी पर्दा वा अविरल वर्षाको समयमा सडकमा हिड्नै सकिदैन । सडक छेउमा बनेका हरेक घरको छतबाट सिधैँ सडकमा खस्ने पानिका फोहोराको कारण पैदलयात्रु तथा सवारी आवागमनमा निकै कठिन हुनेगरेको छ । पानीको फोहोराको कारण सडकमा समेत खाल्डाखुल्डी पर्ने गरेको छ । के भन्छ नगरपालिका !बागलुङ बजारमा यो… पुरा पढौ

दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ

बागलुङमा दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन | जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सविना विकलाई २ महिनाको नाबालक हत्यागरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीद्वारा जानकारी | साउन १८ गते बिहीबार राति विक दम्पतीबीच आपसी विवाद हुँदा बालकलाई तानातान गर्ने क्रममा भुईमा खसी बझारिएर बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले घटना घटेको तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा… पुरा पढौ

बागलुङ नगरपालिकाले सडक पेटी खालि गर्ने नाममा व्यवसायीक स्थलबाट सामान उठाएको उद्योग वाणिज्य संघको आरोप

बागलुङ नगरपालिकाले सडक पेटि खालि गर्ने नाममा व्यवसायीक स्थलबाट जथाभावि सामान उठाउने, बलजफ्ती गरेको भन्दै बागलुङ उद्योगा वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको छ । संघका महासचिव ऋषिराम गौतमले एक विज्ञप्ती प्रकाशित गरि समान उठाउने काम तत्काल राक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्काल सकुसल अवस्थामा विना सर्त फिर्ता गर्न माग गरेका छन् । अन्यथा यस्ता उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरी गरेको यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनी सहित विगतलाई स्मरण गर्न आग्रह गरिएको छ । नाकावन्दी, महाभुकम्प,… पुरा पढौ