उद्यमशीलता तालिम सहितको प्रविधि हस्तान्तरण गर्न प्रारम्भिक भेला शुरू

-


     हिडन खबर    
     फागुन २१ गते २०८० मा प्रकाशित


काठमाडौं /काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ६
ले वडामा रहेका महिला दिदीबहिनीलाइ उद्यमी बनाउने उदेश्यले उद्यमशीलताकाे तालिम सहित प्रबिधि हस्तान्तरण कार्यक्रम सम्बन्धि भेला संचालन भइरहेको छ ।

वडाले बालागाउँ सामुदायिक भवनमा टाेल भेला गरि उहाँहरुलाई उद्यममा कसरि अगाडि बडाउने वडा जनप्रतिनिधिकाे भुमिका कस्तो रहन्छ र उहाँहरूलाई चाहिएको तालिम के हाे र के कस्तो तालिम ल्याउन सके आर्थिक पाटाेमा अब्बल र आत्मानिर्भर हुन सकिन्छ भन्ने बिषयमा टाेलाबासि सङ्ग अन्तक्रिर्या कार्यक्रम सपन्न गरिकाे
चन्द्रागिरि नगरपालिका ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताउनुभयाे ।

वडाले ४ दिनसम्म विभिन्न ठाउँमा टाेल भेला राखेर महिला दिदीबहिनीहरूलाइ उद्यमी कसरी बनाउने के के उद्योगका संभावना छन् भन्ने बारे राय सल्लाह लिनकाे लागि आयोजना गरेको भेला प्रभावकारी रहेको वडा सदस्य लक्ष्मी थापाले बताए ।२० गतेदेखि शुरू भएको भेला फागुन २३ गतेसम्म संचालन हुनेछ ।