समाचार

नेपाली कांग्रेस (वी.पी.)ले ग¥यो निर्वाचन कार्यालय बागलुङमा दल दर्ता

स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस (वी.पी.) जिल्ला कार्यसमितिले जिल्ला निर्वाचन कार्यालय बागलुङमा दर्ता गरेको हो । नेपाली कांग्रेस (वी.पी.)बागलुङका सभापति धना आचार्यले बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिनको लागि आइतबार दर्ता गरेको बताउनु भयो । नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यसपटक नेपाली कांग्रेस (वी.पी.)ले बागलुङको स्थानीय तहमा यसपटक महत्त्वपूर्ण पदमा उमेदवारी दिने तयारी रहेको आचार्यले बतानु भयो । बैशाख… पुरा पढौ

बेनी नगरपालिकाको नगर प्रमुखमा ३ पार्टीका ८ आकांक्षी

निर्वाचन आयोगले बैशाख ३० गते हुने निर्वाचनको उमेदवारी दिने कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा राजनीति गतिविधि बढेर गएको छ । स्थानीय तहको निर्वाचन गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको नगर प्रमुखको नेतृत्व गर्नका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट ८ जना आकांक्षी देखिएका छन् । गत स्थानीय तहको निर्वाचनमा उप विजेता बन्नु भएका एमाले गण्डकी प्रदेश सदस्य प्रमोद कुमार श्रेष्ठ यसपटकको निर्वाचनमा बेनी नगरपालिकाको नगर प्रमुखमा सशक्त दाबी रहेको हिडन खबर लाई बताउनु भयो । गत स्थानीय तहको निर्वाचनमा… पुरा पढौ

मालिका पुर्ब बिद्यार्थी मञ्चको अधिवेशन सम्पन्न: अध्यक्षमा जिवननाथ शर्मा

मालिका पुर्ब बिद्यार्थी मञ्च बागलुङको प्रथम साधारण तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जिवननाथ शर्मा रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा प्रमिला शर्मा आचार्य, महा-सचिव आनन्द प्रसाद रेग्मी, सचिब गुरु प्रसाद शर्मा, कोषाध्यक्ष बलराम सापकोटा सदस्यमा जमुना पाण्डे, सृष्टि आचार्य, महेन्द्र खड्का र गोबिन्द कुवँर चयन हुनुभयको छ । अधिवेशनमा बोल्दै गण्डकी प्रदेस सभा सदस्य इन्द्रलाल सापकोटाले पुर्ब विद्यार्थी मञ्चका गतिबिधी अत्यन्त प्रेरणादायी रहेको चर्चा गर्दै शभ्य समाज निर्माणका लागि सबैले… पुरा पढौ

बैंक तथा वित्तीय संस्थामा तरलता संकट: कर्मचारीलाई तार्गेट पुर्‍याउनेै सकस

नेपाली बजारमा आर्थिक संकट पैदा भएको झण्डै दुई बर्ष पुगिसकेको छ । अहिलेसम्म आर्थिक अभाव समाधान हुन सकेको भने छैन । यतिबेला बागलुङमा बैंक तथा बित्तिय संस्थामा जागिर गर्ने कर्मचारीहरू ठूलो टर्चरको सामना गर्दै आफ्नो जागिर गर्न बाध्य भएका छन् । जिल्लामा शाखा रहेको बैंकमा ग्राहकले पैसा जम्मा गर्ने क्रम ह्वात्तै घटेर गएपछि हरेक दिन बैंकका शाखा प्रवन्धक देखि अरू कर्मचारी घर घरमै पुगेर पैसा बचत गराउनका लागि धाइरहेका छन् । बागलुङ बजारमा ठूला ब्यापारी धेरै छैनन् भएका ब्यापारी कसैले… पुरा पढौ

रोट्र्याक्ट सप्ताहको छैठौं दिन: शिवालय मन्दिरमा सहयोग

रोट्र्याक्ट क्लव अफ बागलुङद्वारा आयोजित रोट्र्याक्ट सप्ताह अन्तर्गत छैठौं दिन धार्मीक क्षेत्रमा डस्टवीन वितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङ स्थित आशापुर्णेश्वर शिवालय मन्दिरमा डस्टवीन वितरण गरिएको हो । सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले मन्दिरमा धार्मिक आस्थाका बिभिन अभ्यासहरुको बैज्ञानिक कारण सहितको बोर्ड समेत राखिएको क्लवले जनाएको छ । धार्मिक आस्थाको शक्तिपिठ आशापुर्णेश्वर शिवालय मन्दिर परिसरमा जथाभावी रुपमा फ्याकिने फोहोर नियन्त्रण गर्न डस्टविन सहयोग गरिएको हो । रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष दयाराम पौडेलले… पुरा पढौ

आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेको छ । यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि १६ गतेदेखि गर्ने निर्णय गरेको हो । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र… पुरा पढौ

तमानखोला गाउँपालिकाको अध्यक्षमा दुई पार्टीका ५ आकांक्षी

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको वातावरण बन्दै जान थालेपछि गाउँ गाउँमा राजनीतिक पार्टीको चुनाव केन्द्रत गतिविधि बढ्दै जान थालेको छन् । बागलुङ जिल्लाका ६ वटा गाउँपालिका मध्य पश्चिम तमानखोला गाउँपालिको नेतृत्व हात पार्नको लागि राजनीति पार्टीको सक्रियता बढेर गएको छ । तमानखोला गाउँपालिकामा यसपटक फेरि नेतृत्व गर्नको लागि वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढा अगाडि देखिनु भएको छ । गाउँपालिकामा ५ बर्षको अवधीमा जनताले अनुभूती गर्ने गरि विकासको मार्ग कोरेकोले आफुले शुरूवात गरेकोे महत्त्वपूर्ण विकास निर्माणकार्य पुर्णता दिन… पुरा पढौ

स्थानीय तह निर्वाचन: बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न राजीनामा अनिवार्य

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने भएका हुन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक पदमा बहाल जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गर्नुपर्ने आचारसंहिता बनाइएको हो । अब स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्दा राजीनामा पत्र दर्ता गरेको प्रमाण समेत पेस गर्नुपर्ने छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहिता दफा ३६ मा… पुरा पढौ

अधिकृत विक्रेता संघ धौलागिरीको ७ औ वार्षिक साधारण सम्पन्न

धौलागिरी अधिकृत विक्रेता संघ धौलागिरी नेपालको ७ औ वार्षिक साधारण सभा बेनी नगरपालिका १ रत्नेचौरमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सरकारले राज्य कोषको रकम खर्च गर्न नसक्दा बजारमा तरलता सृजना भएको बताउनु भयो । राज्यकोषको चालु आर्थिक वर्षमा २० प्रतिशत मात्र रकम खर्च भएकोले पनि बजारमा आर्थिक संकट पैदा भएको बताउनु भयो । नगर प्रमुख पौडेलले नेपालको समग्र अर्थतन्त्रमा थोक विक्रेता हरुको महत्व पूर्ण भूमिका रहेको बताउनु भयो । पौडेलले कोभिड… पुरा पढौ

बागलुङ जेसिस द्वारा मानव सेवा आश्रममा सहयोग सँगै होली मिलन कार्यक्रम सम्पन्न

नेपालीहरूकाे सांस्कृतिक पर्व फागुन पुर्णिामाकाे अबसरसमा बागलुङ जेसिसले मानव सेवा आश्रम बागलुङमा हाेली मिलन कार्यक्रम गरि मनाएको छ । जेसीसले रङहरुको पर्व होलीलाई फरक ढङ्गले मनाउने उदेश्यले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण सँगै एकआपसमा रङ लगाएर खुशी साटासाट गरिएकोबागलुङ जेसिसका अध्यक्ष प्रकाश आचार्यले बताउनुभयो । कार्यक्रममा बागलुङ जेसिसका पुर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, मानव सेवा आश्रमका संचालिका सुमिरा लामाद्वारा मानवता खडेरी परिरहेको समयमा मानव सेवा आश्रम जस्तो संस्थाले समाजमा परिवार बाट अपहेलित भएका असुरक्षित… पुरा पढौ