
युएस एकेडेमीद्वारा आयोजित आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरले हात पारेको छ |

विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा सुक्रबार आयोजित प्रतियोगितामा बागलुङ बजारका १४ विद्यालयको सहभागिता रहेको थियो |
पहिलो चरणको छनौटबाट दोस्रो चरणमा प्रवेश गरेका ८ समुहरु बिचको प्रतिस्पर्धाबाट ७ समुहलाई पछाडि पार्दै १९ अङ्कका साथ आदर्श विद्यामन्दिर आवासीय माविले प्रथम स्थान हाँसिल गरेको हो भने १८ अङ्क सहित चिल्ड्रेन लाईफ बोर्डिङ द्वितीय र आयोजक युएस एकेडेमी तृतीय र अमर आदर्श बोर्डिङले सान्त्वना स्थान हाँसिल गरेको विद्यालयका प्रिन्सिपल अशोक केसीले बतउनुभयो |

विजयी समुहमध्य प्रथम हुने आदर्शले नगद ५ हजार सहित रनिङ कप मेडल र प्रमाणपत्र, द्वितिय चिल्ड्रेन लाईफले नगद ३ हजार मेडल र प्रमाणपत्र, तृतीय युएसले २ हजार एवं सान्त्वना अमर आदर्शले १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए |
विजयी विद्यालयहरुलाई पुरस्कार वितरण प्याव्सन बागलुङका अध्यक्ष दल थापा, प्रिन्सिपल अशोक केसी द्वारा गरिएको विद्यालयले जनाएको छ |
हरेक वर्ष विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने यो प्रतियोगिताले आधारभुत तहबाटै विद्यार्थीको बौध्दिकतामा निखारता ल्याउन सहयोग पुग्ने विश्वास लिएको विद्यालयका प्रवन्ध निर्देशक समेत रहेका थापाले बताउनुभयो |
४ दिवसीय कार्यक्रम अन्तर्गत मंगलवार देखि सुरु भएको विद्यालयको २० औं वार्षिकोत्सव सुक्रबार सम्पन्न भएको हो |
पहिलो दिन अतिरिक्त क्रियाकलाप, दोस्रोदिन बागलुङ बजार सरसफाई सहित जनचेतनामुलक कार्यक्रम, तेस्रोदिन सरस्वती पुजा एवं चौंथोदिन आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सँगै २० औं वार्षिकोत्सव सम्पन्न गरिएको प्रिन्सिपल केसीले बतउनुभयो |









