
धौलागिरि क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरि वहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव अवसरमा शुक्रबार क्याम्पसका पुर्व विद्यार्थी एवं प्रदेश तथा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ |
क्याम्पसमा अध्ययन गरि हालै सम्पन्न प्रदेश तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो |

सम्मानित हुनेमा क्याम्पसका पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा गण्डकी प्रदेश सभा सदस्य गोबिन्द बहादुर नेपाली, पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई सम्मान गरिएको हो |
त्यस्तै क्याम्पसका पुर्व विद्यार्थी तथा जैमिनी नगरपालिकाका उप-प्रमुख हरिहर शर्मा र पुर्व विद्यार्थी तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा’तिलक’लाई दोसल्ला ओडाएर सम्मान गरिएको हो |

त्रिभुवन विश्वविद्यालय अनर्तरगतको धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्याम्पसको रुपमा रहेको यो क्याम्पसलाई शैक्षिक क्षेत्रको अनुसन्धानात्मक केन्द्रको रुपमा विकास गर्नका लागि सबैको सहकार्य र सहयोग आशा गरिएको क्याम्पसका प्रमुख प्राध्यापक डाक्टर राम प्रसाद उपाध्यायले बताउनुभयो |
क्याम्पसको ६० औं वार्षिकोत्सव माघ १२ गतेदेखि १८ गतेसम्म ७ दिवसीय रुपमा विविध कार्यक्रहरु सहित मनाईरहेको प्रमुख उपाध्यायले बताउनुभयो |












