शिक्षा

बागलुङमा ६ जना जेष्ठ नागरिक सम्मानीत

बागलुङ ,जेठ ३२ /बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूले सामाजिक शिक्षा बिषयक पुस्तक लाई मात्रै अध्ययनकाे बिषय नबनाई त्यसलाई ब्यवहारमा उतार्न शुरूवात गरेका छन् । यतिबेला समाजमा रहेका जेष्ठ नागरिकहरू एकपछि अर्को गर्दै परिवार बाट अलग हुदै गइरहेको समयमा बागलुङको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा अध्ययनरतबिद्यार्थीहरूले बिद्यालयमा एक कार्यक्रम गरि यसबर्ष ६ जना जेष्ठ नागरिक लाइ सम्मान गरेको हाे । जेष्ठ नागरिक सम्मान हाम्रो पहिचान भन्ने नारासाथहरेक झै यस बर्ष पनि कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरूले बागलुङका समाजसेवी तथा जेष्ठ नागरिकजब्बर बहादुर लामिछाने… पुरा पढौ

मालिका माध्यमिक बिद्यालयमा बिपद ब्यवस्थापन तालिम

बागलुङ /मालिका सेवा समाज बागलुङको आयोजनामा बिपद ब्यबस्थापन सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद बाजा बजाएर आउदैन समयमै सचेत बनाै भन्ने नारासाथ मालिका माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत स्थानीय सराेकारवालालाई बिपद ब्यवस्थापन सम्बन्धि सचेतिकरण गराइयो ।अहिले नेपालमा मनसुन भित्रन लागेको यसले ठूलो धनजनको क्षति पुर्‍याउने कुरा संचार माध्यममा आइरहेको बेला अहिले गरिएको सचेतना मुलक कार्यक्रमले तत्काल हुने बिपद लाइ न्युनिकरण गर्न सकिने धारणा कार्यक्रममा राखिएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ५ का विद्यार्थी शिक्षक , जनप्रतिनिधि ,सामाजिक… पुरा पढौ

महानगरपालिका भित्रका ११ वटा सामुदायिक बिद्यालयका २३७ वटा सटरमा ताला

काठमाडौं / काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयले व्यवसायिक भवन निर्माण गरी भाडामा लगाएका विद्यालयका सटर तथा टहरा खाली गराउने कार्यलाई अगाडि बढाएको छ । महानगरले तीन सयभन्दा बढी सटर तथा टहरा खाली गराउन थालेको छरु। महानगरको शिक्षा विभागले गरेको अध्ययनमा महानगरभित्रका ८७ सामुदायिक विद्यालयमध्ये ३७ वटाले सटर निर्माण गरी भाडामा दिएको पाइएको छ । तीमध्ये सोमबारसम्म ११ विद्यालयका २ सय ३७ वटा सटरमा ताला लगाएको विभागले जनाएको छ। पहिलो चरणमा ठूला र धेरै सटर भाडामा लगाएका विद्यालयमा पुगेर ताला लगाएको हो… पुरा पढौ

नेपाल लाइफ बागलुङ उपशाखाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण ।

जेठ २८ बागलुङ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ उपशाखाले बाग्लुङको काठेखोला गाउँपालिका-५, बिहुँ स्थित नवयुबक आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरि कम्पनिको बागलुङ उपशाखा द्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो । कम्पनिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनिका बागलुङ उपशाखा प्रबन्धक हरि प्रसाद काफ्लेले जानकारी दिए । काफ्लेले उपस्थित स्थानिय ब्यक्तिहरुलाइ जीवन बिमाको बारेमा समेत प्रष्ट पारेका थिए । कार्यक्रममा बोल्दै पेशागत… पुरा पढौ

राेटरी क्लब बाट बागलुङ नगरपालिका ४ का सीता सापकोटालाई ह्वील चेयर प्रदान

बागलुङ /अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्लब अफ बागलुङले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एकजना अपांग महिलालाई ह्वील चेयर सहयोग गरेको छ । बागलुङ नगपालिका वार्ड न ४, फेदी निवासि चन्द्रमणि सापकोटा को २९ बर्स को छोरी सिता सापकोटा उच रक्तचापको कारण पक्ष्यघात भई हिडडुल गर्न सहज हाेस भन्ने हेतुले घरमै पुगेर ह्वील चेयर हस्तान्तरण गरेको राेटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरेले बताउनुभयाे ।चौविसै घण्टा विस्तारामा सुत्नु पर्ने अवस्था अनि शौचालय जादा बुवाले बोकेर जानु पर्ने अवस्था लाई सहज बनाउने उदेश्यले… पुरा पढौ

‘सामाजिक अभियान्ता भेला’

काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज आयोजित ‘सामाजिक अभियान्ता भेला’ कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्ने बताउनुभयो । “गैरसरकारी क्षेत्र विदेशी पुँजी परिचालन गर्ने आइएनजिओ र तिनीहरूमा नै आश्रित रहेर सञ्चालित एनजिओ मात्र होइनन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,… पुरा पढौ

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईकाे बी एन्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो । काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको नाममा जारी भएको परमादेशमा यस वर्षको शैक्षिक सत्र सुरु हुनु अघि नै सम्बन्धन दिन भनिएको छ ।  २०७३ सालमै मेडिकल कलेज सञ्चालनका लागि निवेदन दिए पनि २०७५ सालमा नयाँ चिकित्सा शिक्षा ऐन आएपछि… पुरा पढौ

हामी सुर्धाछौं, हाम्रो विद्यालय राष्ट्रिय अभियान अन्तर्गत बागलुङमा शैक्षिक अन्तरक्रिया

बागलुङ / बागलुङका सांसद, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, उन्नयन र संस्थागत विकासका लागि संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन्। सामुदायिक विद्यालय व्यवस्थापन समिति महसंघ नेपाल र नेपाल शिक्षक महासंघको अगुवाईमा सञ्चालित हामी सुर्धाछौं, हाम्रो विद्यालयु राष्ट्रिय अभियान अन्तर्गत आयोजित गण्डकी प्रदेश स्तरीय शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा सहभागी उनिहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागि सरोकारवालाहरुले शैक्षिक सुधारको लागि १९ बुँदे बागलुङ घोषणापत्र जारी गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, उन्नयन र… पुरा पढौ

विद्यार्थीलाई वातावरणबारे सचेतना

पोखरा, २३ जेठ / राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । जनप्रिय माध्यमिक विद्यालय सिमलचौरका विद्यार्थीलाई वातावरणसँग सम्बन्धित सचेतना दिई दिवस मनाइएको हो ।कार्यक्रममा पत्रकार एवं गिद्ध संरक्षण अभियन्ता कृष्णमणि बरालले फेवातालको वर्तमान अवस्थाबारे विद्यार्थीलाई जानकारी दिए । बरालले २०–३० वर्ष पुरानो फेवाको अवस्था र मानव अतिक्रमणको चपेटाले प्रदूषण भएको अहिलेको फेवा ताल दर्शाउने फोटो तथा भिडियो प्रदर्शन गरे । संस्थाका सदस्य एवं पृथ्वीनारायण क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक कल्याण पन्तले पोखरा… पुरा पढौ

विश्व वातावरण दिवसमा न्यू लाईफका विद्यार्थीद्वारा सरसफाई 

बागलुङ / विश्व वातावरण दिवसको अवसरमा गलकोटमा विद्यार्थीहरूले आज प्रभातफेरि एवं सरसफाइ गरेका छन् । न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुल गलकोटमा अध्ययनरत विद्यार्थीहरुले बिहान प्रभातफेरि एवं विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन् ।  वातावरण संरक्षण, सरसफाई सँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थीहरूले विद्यालय परिसर हुँदै मध्यपहाडी लोकमार्ग स्थित हटिया बजार परिक्रमा गरेका थिए । उनीहरूले विद्यालय क्षेत्र आसपासको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत संकलन गरेका छन् । प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि… पुरा पढौ