बागलुङमा ६ जना जेष्ठ नागरिक सम्मानीत

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १ गते २०८१ मा प्रकाशित


बागलुङ ,जेठ ३२ /बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूले सामाजिक शिक्षा बिषयक पुस्तक लाई मात्रै अध्ययनकाे बिषय नबनाई त्यसलाई ब्यवहारमा उतार्न शुरूवात गरेका छन् ।

यतिबेला समाजमा रहेका जेष्ठ नागरिकहरू एकपछि अर्को गर्दै परिवार बाट अलग हुदै गइरहेको समयमा बागलुङको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा अध्ययनरत
बिद्यार्थीहरूले बिद्यालयमा एक कार्यक्रम गरि यसबर्ष ६ जना जेष्ठ नागरिक लाइ सम्मान गरेको हाे ।

जेष्ठ नागरिक सम्मान हाम्रो पहिचान भन्ने नारासाथ
हरेक झै यस बर्ष पनि कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरूले बागलुङका समाजसेवी तथा जेष्ठ नागरिक
जब्बर बहादुर लामिछाने ,शैलेन्द्र कुमार श्रेष्ठ ,गुमादेवी खत्री ,प्रेम बदन शाक्य ,नन्दकली शाक्य ,र भद्र कुमारी बाेसेल लाई दाेसल्ला र  सम्मान पत्र बाट सम्मान गरेकाे थियो ।

जेष्ठ नागरिकहरूलाइ समाजमा राम्रो ब्यवहार नगर्ने हेप्ने
बृद्वा आश्रममा लगेर छाेड्ने काम बढिरहेको हुदा जेष्ठ नागरिक हामी सबैको गहना हाे भन्ने कुरा बुझाउन जेष्ठ नागरिक सम्मान कार्यक्रम गरे कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयका बिद्यार्थी राेजिस्मा राजभण्डारीले बताए ।

बागलुङमा आफु १० बर्ष अघि प्रमुख प्रशासकीय अधिकृत भएर आउदा बागलुङमा जेष्ठ नागरिक चाैतारी बनाउन शुरू गरेपनि अहिलेसम्म पुरा नभएको भन्दै यसपालि केही रकम छुट्टाएर पुरा गर्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले बताए ।यतिबेला जेष्ठ नागरिकको बारेमा धेरै संघसंस्था शिक्षण संस्थाले कार्यक्रम गर्दै आइरहेको बेला स्थानीय तहले साेचे अनुसार कार्यक्रम गर्न भने नसकेको कडेलले बताए ।

कसैले खान नदिने मानव सेवा आश्रममा रहेका जेष्ठ नागरिक लगायतका ब्यक्तिहरूलाइ आफ्नो मातापिताको पुन्य तिथिमा केही खुवाउने सहयोग गर्ने गरेपनि सरकारी तर्फबाट भने हामीलाई पाल्न सक्ने अवस्था नरहेको सम्मानित जेष्ठ नागरिक जब्बर बहादुर लामिछानेले बताए ।

आफ्नो बाबु आमा हजुरबुबा हजुरआमाकाे अगाडि शिर झुकाउन जान्नु पर्छ बिद्यालयमा गुरूकाे अगाडि जेष्ठ नागरिकको सम्मान गर्न सिकाएकाे नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माले बताए ।

कार्यक्रममा बिद्यालयका सामाजिक बिषयका शिक्षक जीवन नाथ शर्माले जेष्ठ नागरिकको वर्तमान अवस्था कस्तो छ यसलाई हेर्ने सामाजिक दृष्टिकोण कस्तो छ भन्ने बारे पावर प्वाइन्ट बाट सचित्र वर्णन गरेका थिए ।

कार्यक्रममा एनप्यापसनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा
कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयका अध्यक्ष निरन्जन लाल राजभण्डारी लगायतका बक्ताहरूले जेष्ठ नागरिककाे बारेमा गम्भीर भएर साेच्नु पर्ने बेला आएको धारणा राखेका थिए ।

राेजिस्मा राजभण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रम संचालन संगम क्षेत्री र गरीमा जिसीले गरेका थिए ।

बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशिय माध्यमिक बिद्यालयले हरेक बर्ष जेष्ठ नागरिकको सराेकारका बिषयमा केन्द्रीकृत भएर फरकफरक खालको कार्यक्रम गर्दै आएको कारण बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीमा यसले जेष्ठ नागरिक प्रतिकाे धारणा सकारात्मक देखिदै गएको छ ।