राजनीति

यताउता भड्किन छाडेर नेकपामै फर्किन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ। विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो। उहाँले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताउनुभयो। “हामीले नेपाली कम्युनिस्ट पार्टी आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,” प्रचण्डले भन्नुभयो। समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट… पुरा पढौ

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौँ । महिला हिंसा तथा मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन घोषणापत्रमा समावेश गर्न माग गर्दै आट्विनको टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। भेटका क्रममा टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण तथा न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै लिखित सुझावपत्र संयोजक प्रचण्डलाई बुझाएको थियो। संयोजक प्रचण्डले भेटमा बोल्दै प्रतिनिधित्व, समावेशीकरणलगायत संविधानले सुनिश्चित गरेका अधिकारहरू आफूहरूको नेतृत्वमा भएको संघर्षकै उपलब्धि भएको बताए। उनले यी अधिकारलाई कागजमै सीमित… पुरा पढौ

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभयो। बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताउनुभयो। उहाँले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पार्नुभयो। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेदवारहरूले निर्वाचनमा सकारात्मक नतिजा निकाल्ने… पुरा पढौ

नेपाली कम्युनिष्ट पार्टीकाे राष्ट्रिय सभा संसदीय दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता चयन गरेको छ। बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई जिम्मेवारी दिएको छ। दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित पार्टीले नयाँ नेतृत्व टोली गठन गरेको हो। पुरा पढौ

विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेकपामा प्रवेश

निर्वाचन स्वच्छ र निष्पक्ष भए हाम्रो पार्टी पहिलो बन्ने सम्भावना काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ का उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गर्नुभयो। पार्टी प्रवेशका क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती… पुरा पढौ

रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वाकसँगै घरदैलो अभियान

रूकुम माघ ७ हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा मोर्निङ वाक गर्नुभयो। मोर्निङ वाकका क्रममा उहाँले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गर्नुभयो, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मोर्निङ वाकसँगै संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गर्नुभयो। घरदैलोका क्रममा उहाँले सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत… पुरा पढौ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे सर्वपक्षीय बैठक

बागलुङ, माघ ५ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आइतबार बागलुङ क्षेत्र नं १ अन्तर्गत सर्वदलिय बैठक सम्पन्न भएको हो। बैठकमा भोलि माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई फरक–फरक समय निर्धारण गरिएको छ। जसअनुसार बिहान १० बजेदेखि मनोनयन पत्र बुझाउन सक्ने व्यवस्था गरिएको छ। उम्मेदवारको मनोनयन पत्र तथा त्यससँग संलग्न गर्नुपर्ने कागजातको… पुरा पढौ

निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री खरेल

काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समिति (रासस) लगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। राससमा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आइतबार सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र वितरण गर्दै मन्त्री खरेलले जिम्मेवार, जवाफदेही र व्यावसायिक सञ्चारमाध्यमका रूपमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। मन्त्री खरेलले भन्नुभयो, “फागुन २१ मा निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेछ। मतदाता, राजनीतिक दल तथा सरोकारवालामा सचेतना पु¥याउनुपर्ने अवस्थामा सञ्चारमाध्यमको गहन… पुरा पढौ

एमालेबाट बागलुङमा हिरा केसी र मञ्जु शर्मा उम्मेदवार

बागलुङ । नेकपा एमालेले बागलुङ जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। पार्टीको शनिबार सम्पन्न सचिवालय बैठकले क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै, क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उम्मेदवार चयन गरिएको छ। समितिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो। पुरा पढौ

सहकारी ठगीका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी… पुरा पढौ