राजनीति

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे सर्वपक्षीय बैठक

बागलुङ, माघ ५ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आइतबार बागलुङ क्षेत्र नं १ अन्तर्गत सर्वदलिय बैठक सम्पन्न भएको हो। बैठकमा भोलि माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई फरक–फरक समय निर्धारण गरिएको छ। जसअनुसार बिहान १० बजेदेखि मनोनयन पत्र बुझाउन सक्ने व्यवस्था गरिएको छ। उम्मेदवारको मनोनयन पत्र तथा त्यससँग संलग्न गर्नुपर्ने कागजातको… पुरा पढौ

निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री खरेल

काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समिति (रासस) लगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। राससमा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आइतबार सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र वितरण गर्दै मन्त्री खरेलले जिम्मेवार, जवाफदेही र व्यावसायिक सञ्चारमाध्यमका रूपमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। मन्त्री खरेलले भन्नुभयो, “फागुन २१ मा निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेछ। मतदाता, राजनीतिक दल तथा सरोकारवालामा सचेतना पु¥याउनुपर्ने अवस्थामा सञ्चारमाध्यमको गहन… पुरा पढौ

एमालेबाट बागलुङमा हिरा केसी र मञ्जु शर्मा उम्मेदवार

बागलुङ । नेकपा एमालेले बागलुङ जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। पार्टीको शनिबार सम्पन्न सचिवालय बैठकले क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै, क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उम्मेदवार चयन गरिएको छ। समितिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो। पुरा पढौ

सहकारी ठगीका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी… पुरा पढौ

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा गोरखापत्र नेतृत्वलाई निर्देशन

काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्र संस्थानको नेतृत्वलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको प्रतिष्ठा अझ बलियो हुनेगरी काम गर्न आग्रह गर्नुभयो। सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म तथा भावना अनुसार… पुरा पढौ

नेपाली कांग्रेसको बिशेश महाधिवेशन बाट सभापतिमा गगन थापा सर्वसम्मत रूपमा चयन

काठमाडौं माघ१ "काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति चयन भएका छन्। उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका छन्। महाधिवेशनले महिला, दलित, आदिवासी जनजाती, मधेशी, मुस्लिम, थारु तथा पिछडिएको क्षेत्रका प्रतिनिधिहरूसहित समावेशी कार्यसमिति गठन गरेको छ। प्रदेशगत प्रतिनिधित्वमा कोशीदेखि सुदूरपश्चिमसम्म महिला र खुल्ला पदमा सदस्य चयन भएका छन्। गगन थापाको नेतृत्वमा बनेको यो नयाँ कार्यसमितिले पार्टीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।" पुरा पढौ

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई छलफलमा बोलावट

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा अनुसन्धानका लागि जेनजी अगुवा रवि किरण हमाललाई उपस्थित हुन अनुरोध गरेको छ। आयोगले माननीय सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिमार्फत घटनाको अध्ययन भइरहेको जनाउँदै, २०८२ भदौ ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि पत्राचार गरेको हो। छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा क्षतिपूर्ति, साथै राज्य पक्ष र सरोकारवाला निकायबाट… पुरा पढौ

आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ, २८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गर्नुभएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजिरहेको अवस्थामा नागरिकले परिवर्तनका पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो। मन्त्री खरेलले भन्नुभयो, “मुलुकले परिवर्तन खोजेको छ। निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व आउनुपर्छ। दलको दास वा नेताको अ blind भक्त हुनुहुँदैन।” उहाँले मुलुकको राजनीति परिवार, गुट र सत्तामा पुग्ने गठबन्धनमा केन्द्रित भएकै… पुरा पढौ

राप्रपा बागलुङको अधिवेशनबाट अध्यक्षमा विष्णु प्रसाद सापकोटा

बागलुङ । पुस २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङको जिल्ला अधिवेशनबाट विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।शुक्रबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा, सुरजबहादुर खड्का र पार्वती शर्मा चयन भएका छन् भने कोषाध्यक्षमा गंगाराम कँडेल रहेका छन् । त्यसैगरी सदस्यहरूमा निर्वतमान अध्यक्ष सुरेन्द्र खड्का, दिपक कुँवर, देवी प्रसाद कँडेल, गोविन्द पुन, शिवलाल सापकोटा, गुणाखर कँडेल, भुमा कँडेल, चेतनारायण आचार्य, सुरजबहादुर भण्डारी, अञ्चल शाही,… पुरा पढौ

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

पुष २५, काठमाडौं गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त समूह औपचारिक रूपमा पार्टीमा समाहित भएको हो। काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले नवप्रवेशी नेताहरूलाई खादामाला लगाएर स्वागत गर्नुभयो।पार्टीमा समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेशसभा उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व मेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहनुभएको छ। स्वतन्त्र वाम समूहमार्फत दाङलगायत… पुरा पढौ