राजनीति

लेनिन जयन्ती र नेकपा स्थापना दिवसमा प्रचण्डको सन्देश: “समाजवादतर्फ एकजुट भएर अघि बढौं”

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै समाजवादको यात्रामा एकजुट हुन अपील गरेका छन्। सन्देशमा प्रचण्डले महान् नेता लेनिनले देखाएको बाटो आजको विश्व संकटमा अझ सान्दर्भिक भएको उल्लेख गरेका छन्। उनले पूँजीवादले असमानता, युद्ध, बेरोजगारी र वातावरणीय संकट निम्त्याएको बताउँदै लेनिनको विचारमार्फत मात्र न्यायपूर्ण समाज सम्भव हुने बताएका छन्। २००६ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलनको उपलब्धि जनताको संघर्ष, त्याग र बलिदानको परिणाम भएको स्मरण गर्दै, प्रचण्डले केही… पुरा पढौ

संखुवासभाको मकालु गाउँपालिकाका पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

वैशाख ८, २०८२, संखुवासभा — मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोख्रेललाई पार्टीमा स्वागत गर्नुभएको हो। पूर्व अध्यक्ष पोख्रेलको आगमनले संखुवासभा क्षेत्रमा माओवादी केन्द्र थप सशक्त हुने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो। पुरा पढौ

अव्यवस्थित शहरीकरण विश्वव्यापी चुनौती : परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वभर बढ्दो अव्यवस्थित शहरीकरणले ठूलो समस्या सिर्जना गरिरहेको बताएकी छन्। थाईल्यान्डको बैंककमा सुरु भएको संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औं सत्रको अध्यक्षता गर्दै मन्त्री राणाले एशिया र प्रशान्त क्षेत्र पनि शहरीकरणका चुनौतीबाट अछुतो नरहेको उल्लेख गरिन्। "शहरहरू विकास र अवसरका इञ्जिन हुन्," मन्त्री राणाले भनिन्, "तर योजनाविहीन शहरीकरणका कारण सामाजिक, आर्थिक र वातावरणीय समस्या थपिँदै गएका छन्। अब हामीले सहनशील र दिगो शहरी विकासतर्फ ध्यान दिनुपर्छ।"… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बैंकक प्रस्थान, युएनस्केपको ८१औँ सत्रमा अध्यक्षता गर्ने

काठमाडौं, ७ वैशाख – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छन्। अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना हुने उक्त सत्रमा नेपाल हाल युएनस्केपको अध्यक्ष भएकाले मन्त्री डा. राणाले सत्रको अध्यक्षता गर्नेछिन्। उनले सत्रलाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने कार्यक्रम तय भएको छ। यस वर्ष सत्रको प्रमुख विषय एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ।… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने

काठमाडौं, वैशाख ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि थाइल्याण्डको राजधानी बैंकक जान लागेकी छन्। उहाँ संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्। सो सत्र यही अप्रिल २१ देखि २५ (वैशाख ८–१२) सम्म बैंककमा आयोजना हुँदैछ। हाल नेपाल युएनस्केपको अध्यक्ष राष्ट्र भएकाले मन्त्री डा. राणाले उक्त सत्रको अध्यक्षता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री डा. राणाले नेपालको तर्फबाट सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि… पुरा पढौ

सहरमा सडक निर्माणसँगै युटिलिटी करिडोरको अवधारणा अघि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन :उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरमा सडक निर्माण गर्दा युटिलिटी करिडोरको अवधारणा अनिवार्य रूपमा अघि बढाउनुपर्ने बताएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत छ लेनमा विस्तार गरिएको गोंद्राङ–पुलचोक सडक खण्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले विकास निर्माणलाई व्यवस्थित बनाउने र दोहोरिएर सडक नबन्नुपर्ने अवस्थाका लागि युटिलिटी करिडोर आवश्यक रहेको बताए। "सहरको बीचमा सडक बनाउँदा ढल, खानेपानी, फाइबर जस्ता युटिलिटी व्यवस्थापन गर्न पहिल्यै योजना बनाउनुपर्छ," सिंहले भने, "सडक बनेको केही समयमै फेरि भत्काएर पाइप बिछ्याउने प्रवृत्ति हटाउन अब युटिलिटी करिडोरको अवधारणामा… पुरा पढौ

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा तिलौराकोट अवलोकन, बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

वैशाख ५, २०८२ – तिलौराकोट, कपिलवस्तु :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक निवासस्थलको अवलोकन गरेका छन्। उनले सो क्षेत्रको संरक्षण, समृद्धि र पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “हामी तराईका सबै क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको अध्ययन र विश्लेषण गरिरहेका छौं।” उनले तिलौराकोटलाई बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक स्थलका… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा कपिलवस्तुमा प्रस्तावित कन्या कलेजको अवलोकन, स्थानीयसँग अन्तरक्रिया

वैशाख ५, २०८२ – कपिलवस्तु:पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। उहाँले सो अवसरमा विद्यार्थी, अभिभावक र स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्था बारे जानकारी लिनुभयो। कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गर्नुभएको थियो।कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित उक्त कलेज विशेषगरी मुस्लिम, थारू र मधेसी समुदायका छात्रालाई लक्षित गरी स्थापना गर्न लागिएको हो। महिला हिंसा र सामाजिक असुरक्षाका कारण… पुरा पढौ

‘जनतासँग माओवादी’ अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न

परासी, वैशाख ३ –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधि, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा देखिएका जटिल विषयबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा राख्नुका साथै सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’… पुरा पढौ