राजनीति

दुर्गा नारायण ढकालको पुस्तक समाजवादी दर्शनको रूपरेखा  सार्वजनिक

काठमाडौं, असार १९, २०८२ –नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित लेखक दुर्गा नारायण ढकालको पुस्तक समाजवादी दर्शनको रूपरेखा सार्वजनिक गर्नुभएको छ। एक विशेष समारोहबीच अध्यक्ष दाहालले पुस्तकको लोकार्पण गर्नुहुँदै समाजवादी चिन्तन र विचारधाराको सुदृढीकरणमा यस्ता कृतिहरूले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, विद्वान, लेखक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पुस्तक समाजवादी दर्शनको रूपरेखा मा समाजवादसँग सम्बन्धित वैचारिक आधार, ऐतिहासिक पृष्ठभूमि र समसामयिक सन्दर्भहरू समेटिएको छ। लेखक ढकाल… पुरा पढौ

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रह

काठमाडौं, असार १७परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन्। **संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ)**को रोममा जारी ४४औँ महासभाअन्तर्गत आज सम्पन्न कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालका मौलिक र विशिष्ट कृषि उत्पादनमार्फत विश्व बजारमा लाभ लिन सकिने उल्लेख गर्दै त्यसका लागि ठूला लगानी आवश्यक रहेको बताइन्। “कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीतिअनुसार केही ठूला कम्पनीहरूले लगानी गर्न थालेका छन्,” मन्त्री राणाले… पुरा पढौ

संघीय निजामति विधेयकमा बदमासी गर्नेहरू कारबाहीको दायरामा आउनुपर्छ : पुर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असार १७पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष **पुष्पकमल दाहाल 'प्रचण्ड'**ले संघीय निजामति सेवा विधेयकमा गम्भीर षड्यन्त्र भएको दाबी गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। **योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल)**को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेडखानी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका हुन्। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको छ। संघीय निजामति सेवा विधेयकमा पनि त्यसको प्रयास देखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कसले बदमासी गर्‍यो भन्नेबारे छानबिन गरेर… पुरा पढौ

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रहरोम — असार १७, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालजस्ता भूपरिवेष्ठित तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि दिगो कृषि प्रणाली प्रवर्द्धन तथा हिमाली क्षेत्रको संरक्षणका लागि जलवायु वित्तमा सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभालाई सोमबार रोममा सम्बोधन गर्दै मन्त्री डा. राणाले जलवायु परिवर्तनका कारण नेपाल विशेषगरी हिमाली क्षेत्र गम्भीर संकटमा परेको भन्दै त्यस्ता क्षेत्रहरूका लागि अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। “नेपाल र यस्ता भूपरिवेष्ठित देशका हिमाली क्षेत्र जलवायु संकटका कारण… पुरा पढौ

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि दरिलो सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, असार १६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि प्रभावित राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्। इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभाअन्तर्गत आज सम्पन्न अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले अब ढिलो नगरी सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्रहरू जलवायु परिवर्तनको गम्भीर जोखिममा छन्। यसले उनीहरूको कृषि उत्पादन र जीविकोपार्जनमा प्रत्यक्ष असर… पुरा पढौ

नेपालले नागरिकको खाद्य अधिकारलाई संविधानमै सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री डा. राणा

१५ असार, काठमाडौँपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य अधिकारलाई संविधानमा नै सुनिश्चित गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ विशेष सत्रअन्तर्गत अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्ठित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो। “नेपालले खाद्य अधिकारलाई मौलिक हकको रूपमा लिएको छ, र यस अधिकारको कार्यान्वयनका लागि आवश्यक कानुन तथा नीतिहरू निर्माण गरिएका छन्। खाद्य प्रणाली रूपान्तरण रणनीतिलाई कार्यान्वयन गर्दै… पुरा पढौ

राष्ट्रिय धान दिवस २०८२ को शुभकामना सन्देश

१५ असार, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीकका रूपमा मनाइने राष्ट्रिय धान दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली कृषक वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दै म सम्मान प्रकट गर्दछु। धानबाली नेपालका लागि केवल मुख्य खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको मूल स्तम्भ पनि हो। नेपालको कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान दिने धानबाली हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो अध्यक्ष दाहालले भन्नुभएको छ । यस वर्षको… पुरा पढौ

“राष्ट्रिय पूँजी, सुशासन र समृद्धिको अभियानमा माओवादी केन्द्र” — अध्यक्ष प्रचण्ड

१४ असार, भक्तपुर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिलाई पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघद्वारा आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा रहँदा दलाल पूँजी नियन्त्रण गर्दै उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी राष्ट्रिय पूँजीलाई अघि बढाउने अभियानमा थियौं, तर विडम्बनावश दलाल पूँजीपतिहरूले यो कुरा चाँडो बुझे र सत्ताबाट हटाउन कांग्रेस र… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

१३ असार, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार इटाली प्रस्थान गर्नुभएको छ। उहाँले सम्मेलनको प्रमुख सत्रका साथै सो अवधिमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूमा समेत नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्। एफएओ सम्मेलनपश्चात… पुरा पढौ

वैदेशिक रोजगारीमा रहेका नेपालीको विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं, असार १२ — विदेशमा रहेका नेपाली नागरिकको विस्तृत विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त एपको संयुक्त रुपमा शुभारम्भ गर्नुभयो। एपमार्फत श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुले आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्ने छन्। यो प्रणालीले कुन देशमा कति नेपाली, कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहज रूपमा लिन सकिने व्यवस्था मिलाइएको छ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा… पुरा पढौ