
काठमाडौं, साउन १४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी कार्यक्रमहरू तथा सरकारको सञ्चालनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताइएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा उपाध्यक्ष, महासचिव, सचिवहरू लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको छ।
स्रोतअनुसार, बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, कार्यकर्ताहरूको चासो र सरकारमा माओवादीको भूमिकालाई लिएर पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।













