प्रचण्डले अन्नपूर्ण न्यूरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना

-


     हिडन खबर    
     श्रावण १६ गते २०८२ मा प्रकाशित


काठमाडौं, साउन १५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोमा चोट लागेर उपचाररत अखिल (क्रान्तिकारी) का उप-महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ।

प्रचण्ड आज बिहान अन्नपूर्ण न्यूरो अस्पताल पुगेर अस्पतालमा उपचाररत भट्टको स्वास्थ्य स्थिति बुझ्नुका साथै छिटो स्वास्थ्यलाभको कामना गर्नुभएको हो। अस्पताल स्रोतका अनुसार भट्टको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र अहिले उहाँको अवस्था सामान्य रहेको बताइएको छ।

पार्टीका अन्य नेताहरूले पनि भट्टप्रति चासो व्यक्त गर्दै स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका छन्।