राजनीति

कृष्णबहादुर महराले सक्रिय राजनीति छाडे

काठमाडौं, असार ४ — नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गरेको जानकारी उनले आज जारी गरेको वक्तव्यमार्फत दिएका हुन्। वक्तव्यमा उनले आफू एट्रोफी (Atrophy) नामक रोगबाट पीडित रहेकाले पार्टी र आन्दोलनमा अपेक्षित योगदान दिन कठिन हुँदै गएको उल्लेख गरेका छन्। ‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु,’ वक्तव्यमा भनिएको छ, ‘यो निर्णय… पुरा पढौ

संविधान संशोधन जनताको ध्यान मोड्ने प्रयास मात्र : सांसद अमरेशकुमार सिंह

काठमाडौं, जेठ २९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले संविधान संशोधनको बहसलाई जनताका मूल समस्याबाट ध्यान मोड्ने प्रयासका रूपमा अघि सारेको आरोप लगाएका छन्।उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन सम्भव नभएको दाबी गर्दै बरु विद्यमान व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको ‘संविधान संशोधन : नागरिकका अपेक्षा’ विषयक कार्यक्रममा बोल्दै सांसद सिंहले संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहको भूमिकामाथि समेत प्रश्न उठाए। उनले भने, “को हुन्… पुरा पढौ

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

काठमाडौँ, बैशाख ६ — नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीले यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ। विज्ञप्तामा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। “समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा… पुरा पढौ

गण्डकीमा मन्त्रिपरिषद् फेरबदल, कांग्रेस र एमालेलाई समान मन्त्रालय कास्की, बैशाख २ — पोखरागण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए। विगतको सहमति अनुसार सत्ता साझेदारीमा कांग्रेस र एमालेले समान रूपमा ४/४ मन्त्रालय पाएका छन्। कांग्रेसतर्फका मन्त्रीहरू जित शेरचन (बागलुङ) — अर्थमन्त्री नन्दप्रसाद न्यौपाने — ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रेखा गुरुङ — सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री नम्डु गुरुङ — वन तथा वातावरण मन्त्री यसअघि… पुरा पढौ

बागलुङका कडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । चैत २२ अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्। राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष समेत रहेका कडेल लाई सरकारले आफ्नो कानुनी सल्लाहकारमा नियुक्ति गरेका छन् । महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो।  यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा … पुरा पढौ

पुर्व प्रधानमन्त्री केपी शर्मा पक्राउ

काठमाडौ चैत १४ पुर्व प्रधान केपी शर्मा आ‌ेली आज आफ्नो निवास बाट पक्राउ परेका छन् । आ‌ेलीलाइ पक्राउ गर्न बिहानै देखि नेपाल प्रहरीकाे टाेलीआ‌ेली निवास भक्तपुर गुन्दुमा पुगेको थियो । प्रहरी पक्राउ पुर्जी दिएर आ‌ेलीलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगेको जनाएको छ । देशमा नयाँ सरकार गठन भए लगत्तै भदौ २३ गते जेन्जी आन्दोलनमा दमन गरेर बिद्यार्थीकाे हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा आ‌ेलीलाई पक्राउ गर्न गाैरी बहादुर कार्की आयोगले प्रतिवेदन पेश गरेको थियो । पुरा पढौ

जेष्ठ सदस्य केसीको राष्ट्रपतिभवनमा शपथ ग्रहण कार्यक्रम तय

काठमाडौँ — राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्य अर्जुननरसिंह के.सी. लाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ। रामचन्द्र पौडेल समक्ष हुने उक्त शपथ ग्रहण कार्यक्रमका लागि संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै उपस्थिति जनाउन अनुरोध गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण कार्यक्रम चैत ११ गते बुधबार बिहान ११:१५ बजे राष्ट्रपति भवन शीतल निवास मा आयोजना हुनेछ।उक्त कार्यक्रमको जानकारी निमित्त सचिव रितेशकुमार शाक्य ले दिएका हुन्। पुरा पढौ

कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाडौँ — निर्वाचनमा अप्रत्याशित पराजयपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठक बस्ने मिति तय भएपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। तर, पार्टीले राजीनामा सार्वजनिक गरेको छैन। ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उनको राजीनामाबारे औपचारिक छलफल हुने बताइएको छ। एक पदाधिकारीका अनुसार राजीनामा दिने निर्णय सभापतिको भए पनि स्वीकृति दिने/नदिने अधिकार कार्यसमितिकै हुनेछ। २७–३० पुसमा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकताबारे दायर रिट… पुरा पढौ

अभिमुखीकरणमा रास्वपाको कडाइ: सांसदलाई मोबाइल प्रयोग गर्नै नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरूलाई लक्षित गरी आगामी चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको महामन्त्री कबिन्द्र बुर्लाकाेटीले जनाएको छ । सूचनाअनुसार कार्यक्रम ललितपुरको खुमलटारस्थित होटेल रोयल टुलिप मा बिहान १० बजेबाट सुरु हुने छ। कार्यक्रममा पार्टीका सबै नवनिर्वाचित सांसदहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ। पार्टीले कार्यक्रम अवधिभर सांसदहरूको खाना तथा आवासको व्यवस्था ‘सेयरिङ बेसिस’ मा गर्ने जनाएको… पुरा पढौ

रास्वपाले समानुपातिक सुचिमा रहेका सांसदकाे नाम निर्वाचनमा आयोगमा पठायो

काठमाडौं ।चैत १ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा जाने समानुपातिक सुचीमा रहेका आफ्नो सदस्यहरूकाे नामावली निर्वाचन आयोगमा पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार चयन गरेको छ। कुल प्राप्त ५७ सिटका लागि आज बसेको सचिवालय बैठकले नाम छनोट गरी क्लस्टरअनुसारको सूची निर्वाचन आयोगमा बुझाएको हो। आयोगका अनुसार ९ जना पुरुष र ४८ जना महिला गरी कुल ५७ जनाको बन्दसूची रास्वपाले बुझाएको छ। सोअनुसार रास्वपाले नौ जना पुरुष उम्मेदवारलाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको छ। रास्वपाले पुरुषतर्फ खसआर्यको… पुरा पढौ