राजनीति

एमसिसि सम्झौता खारेजीकाे माग गर्दै राष्ट्रिय जनमाेर्चा बागलुङकाे बिराेध सभा

संसद बाट हालै पारित भएको अमेरिकी प्राेजेक्ट एमसिसि सम्झौता खारेजी माग गर्दै राष्ट्रिय जनमाेर्चा नेपालले बागलुङ सदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।प्रतिगमन आन्दोलनमा कांग्रेस सहितको गठबन्धनमा रहेको राष्ट्रिय जनमाेर्चाले बागलुङ सदरमुकामकाे लाेकतान्त्रिक चाेकमा अमेरिकी सहयोग प्राजेक्ट एमसिसि राष्ट्रघाती भएको हुदा यसलाई खारेज गर्नुपर्ने भन्दै काेण सभा गरेर विराेध गरेका हन् । एमसिसिकाे नाममा आउने ५५ अरब रूपैयाँ नेपालले लिन नहुने विकासकाे नाममा रकम आउने भनिएपनि यो सुरक्षा संग जाेडिएकाे सैन्य उदेश्य संग जाेडिएकाे राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले बताए… पुरा पढौ

निजामती कर्मचारी युनियनको केन्द्रीय पदाधिकारीमा साविक धौलागिरीबाट दुई जनाले मम्मेदवारी दिने

नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा साविक धौलागिरीबाट केन्द्रीय पदाधिकारीमा दुई जनाले मम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबारबाट सुरु हुने महाधिवेशनमा केन्द्रीय उप महासचिव र सचिवमा पर्वत र बागलुङका दुई जनाले उम्मेदवारी दिने तयारी गरेका हुन् । पर्वतको कुश्मा नगरपालिका ८ स्थाई ठेगाना भएका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका इन्दु शर्माले उप महासचिव र बागलुङको बागलुङ नगरपालिका– १२ अमलाचौरका स्थाई घर भएका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका जगत बहादुर पाठकले खुल्ला सचिवमा उम्मेदवारी… पुरा पढौ

बागलुङ नगरपालिकाको नगर प्रमुखमा एमालेबाट ७ आकाक्षी

आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको लागि साविक धौलागिरीको पहिलो नगरपालिका बागलुङ नगरपालिकामा मेयर पदको लागि चर्चा हुन थालेको छ । निर्वाचन आयोगले फागुन २६ सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने कार्यतालिका सार्वजनिक गरे संगै बागलुङका प्रमुख राजनीतिदलमा निर्वाचन लड्नका लागि उमेदवारको चर्चा परिचर्चा हुन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र बागलुङ नगरपालिकाको नगर प्रमुख बन्नको लागि एमालेका नगर कमिटी देखी… पुरा पढौ

एमसिसिको ११ बुँदे ‘व्याख्यात्मक घोषणा’   (पुर्णपाठसहित)

सत्तारुढ दलले एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएका छन् । सत्तारुढ दलले तयार पारेको व्याख्यात्मक घोषणामा कम्प्याक्ट इण्डोप्यासिफिक रणनीति नभएको भनिएको छ । ​आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ । एमसीसीबारे सत्ता गठबन्धनको व्याख्या – सैन्य सुरक्षा गठबन्धन नमान्नेदेखि बौद्धिक सम्पति नेपालकै हुने ‘कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल… पुरा पढौ

गठबन्धन कायम राख्न एमसिसिमा माओवादीकाे नयाँ बाटो

बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसिसि सम्झौता संसद बाट कसरी अनुमाेदन गर्ने भन्ने बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रकाे बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको लागि संसदमा पूरक प्रस्ताव लैजानुपर्ने निर्णय गरेको बुझिएको छ । सत्ता गठबन्धनको हिजो राति बालुवाटारमा बसेको बैठकमा समस्या समाधानको नयाँ र बीचको बाटो अगाडि बढ्ने सहमत भएपछि आज माओवादीले सोहीबमोजिम निर्णय गरेको हो । बैठकले भियना सन्धि अनुकूल हुने गरी ब्याख्या… पुरा पढौ

एकीकृत स्वास्थ्यकर्मी संगठन बागलुङको जिल्ला समिति गठन !

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ ।शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चयन भएका हुन । समितिका सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, काली प्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नि आचार्य, डिल्ली प्रसाद शर्मा, सृष्टि थापालाई चयन गरिएको हो । कार्यक्रममा बोल्दै एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले नवगठित कार्यसमितिले पेशागत मर्यादालाई… पुरा पढौ

बागलुङमा नेपाल बन्दकाे प्रभाव !

बहुचर्चित अमेरिकी प्रकरण मिलिनियम च्यालेन्स कर्पोरेसन एमसिसि नेपालमा लागू गर्न खाेजेकाे बिराेधमा आयोजना गरिएको नेपाल बन्दकाे प्रभाव बागलुङ जिल्लामा पनि परेको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा आयोजना गरेको नेपाल बन्दकाे कारण गण्डकी प्रदेशको मुख्य ब्यापारी केन्द्र बागलुङ सदरमुकाममाका बजार यातायात बन्द रह्यो । बागलुङ सदरमुकाममा नेपाल बन्द… पुरा पढौ

बागलुङमा २७ औं जनयुद्ध दिवस मनाइयो !

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । आइतबार चियापान र शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे अनिलले समन्ती व्यवस्था अन्त्यको लागि जनयुद्ध सुरु गरेको बताए । सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको भएकोले जतयुद्धबाट प्रप्त उपलव्धीको संस्थागत गर्न आवश्यक… पुरा पढौ

एमसिसि गिट्टी कुट्ने देखि महलमा बस्ने सबैलाई राष्ट्रघाति

नेपाली कांग्रेसका केन्द्रीय उप सभापति धनराज गुरूङले अमेरिकी सहयोग परियोजना (एमसिसि) यतिबेला राष्ट्रघाति भएको भनेर प्रचारप्रसार भइरहेको छ गिट्टी कुट्ने देखि काठमाडौकाे महलमा बस्ने सबैले यसलाई राष्ट्रघाटी भन्ने बहस भइरहेको बताए । अङ्ग्रेजी पढ्ने जान्ने काे कुरा छाडिदिउ यतिबेला एमसिसि राष्ट्रघाँटी हाे भन्ने बहस भएको हुदा याे राष्ट्रघाति हाे कि हैन भन्ने बारे अध्ययन गर्न जरुरी भएको नेता गुरूङले बताए । नेपाली कांग्रेस बागलुङकाे क्षेत्र नम्बर १ काे क्षेत्रीय कार्यालयकाे बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच उद्घाटन कार्यक्रममा एमसिसि बारे प्रधानमन्त्री… पुरा पढौ

एमसीसीको बिरोधमा नेकपा एकीकृत समाजवादी द्वारा र्याली !

अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा बागलुङमा र्याली गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बागलुङ सदरमुकाममा बाइक र्याली गरिएको हो । अमेरिकी सहयोग लोभमा नेपालको राष्ट्रियता नै खतरामा पार्ने गरि देखाइएको सहयोग नेपाल र नेपालीका लागि कुनैपनि हालतमा स्विकार्य नहुने कोणसभामा बोल्ने वक्ताहरूले धारणा राखेका थिय ।  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाट सुरु गरिएको मोटरसाइकल र्याली बजारका मुख्य सडक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टिका जिल्ला अध्यक्ष लाल… पुरा पढौ