‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया

- जनताको मतको कदर गर्न सक्ने व्यक्तिलाई उम्मेदवार उम्मेदवार बनाउछौ प्रदेश सभापती: शर्मा

-


     हिडन खबर    
     चैत्र ७ गते २०७८ मा प्रकाशित


‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानमा गण्डकी प्रदेश समितिले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले समाज परिवर्तनको संकल्प बोकेर जनता माझ आएको बताएका छन । शर्माले देशका हरेक राजनिति तथा समाजिक परिवर्तनमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको र अबको पविर्तनका निम्ती पनि दृढ संकल्पका साथ जनताको माझमा आएको बताए ।
‘हिजो पञ्चायत र राणा शासनको अन्त्यमा काँग्रेसको भुमिका हेरौं, नेता शर्माले भने,–‘लोकतन्त्र र गणतन्त्र प्राप्तका लागि नि काँग्रेस प्रमुख भुमिका रहयो, मुलुकमा नयाँ संविधान पनि काँग्रेसकै नेतृत्वमा आयो । यी सवै परिवर्तनले जनतामा ठुलो राहत आएको छ अब जनतालाई विकास चाहिएको छ त्यो पनि हामी गर्ने संकल्प बोकेका छौं ।’
शर्माले काँग्रेसले व्यक्ति व्यक्ति केन्द्रीत गरेर विकास गर्ने योजना बनाएको हुँदा आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराएर जनताको पहिलो पार्टीको स्थापित गर्न सवैलाई आग्रह गरेका छन । उनले गाउँ गाउँ र टोल टोल काँग्रेसले गरेका कामका बारेमा चर्चा चलिरहेको र ति कामलाई अझै संस्थागत गर्नका निम्ती काँग्रेसकै नेतृत्व आवश्यक रहेको बताए ।
नेपालका कम्युनिष्ट पार्टीबाट जनता वाक्क परिसकेका कारण अब काँग्रेसको विकल्प नरहेको शर्माको भनाई थियो । कम्युनिष्टहरु भ्रष्टचारमा फसेका छन । उनिहरु जनताको काम भन्दा पनि आफु कसरी सम्पन्न बन्ने र धनि बन्नेमा चिन्ता छ शर्माले भने,– उनिहरुको कामले अहिले जनता दिक्क भएका छन अब निकासको बाटो खोजेका छन । जनतालाई निकासको बाटो काँगेसले दिनेछ ।
शर्माले वडा देखी गाउँ र नगरपालिकामा चुनाव जित्नेलाई मात्र काँग्रेसले टिकट दिने बताए । जसले जनताको पक्षमा काम गरेको छ र जनताको मतको कदर गर्न सक्छ सोही व्यक्तिलाई मात्र स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनाउने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचनले स्थानिय तहमा जसले निर्वाचन जित्छ उसलाई मात्र टिकट दिनुपर्ने बताईन ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सह–महामन्त्री कोपिला रानाभाट, काँग्रेस बागलुङका पुर्व सभापति हरि प्रसाद श्रेष्ठ, गण्डकी प्रदेश सदस्य जित बहादुर नेपाली, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जिल्ला सचिव गण्डकी थापा अधिकारी, क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, जोकलाल बुढा मगर, क्षेत्र नंं१ प्रदेश ९क० का सभापति हरिबहादुर जिसी सन्तोष, ९ख० का सभापति दलबहादुर श्रीष राना, क्षेत्र नं। २ ९क० सभापति तिलक घर्ति, ९ख० का सभापति मेषलाल शर्मा, बागलुङ नगरपालिका सभापती उमाकान्त शर्मा बाबु, गलकोट नगरपालिका सभापती विरजंग भण्डारी, जैमिनीका सभापति प्रेम प्रसाद सापकोटा, बडिगाडका सभापती कृष्ण गुरुङ, निसीखोलाका सभापति सुर्यबहादुर घर्ति भुपु सैनिक संघ बागलुङका सभापति क्याप्टेन हरिबहादुर भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको विषयबस्तु र प्रशिक्षणका उद्देश्य बारे नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी गराएका थिए । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभाग उपप्रमुख डा कुश्माकर न्यौपाने, र गण्डकी प्रदेश आमन्त्रीत सदस्य डा। शेषरमण न्यौपानेले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षता उपसभापति तारानाथ पौडेलको स्वागत र सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो ।