
स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा हुने तयारी निर्वाचन आयोगले गरे लगत्तै बागलुङ जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ ।
जिल्लामा क्रियाशील प्रमुख जनीतिकदलहरू चुनावी जोड घटाउमा ब्यस्त देखिन थालेका छन् ।
बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्य जैमिनी नगरपालिकाको नगर प्रमुख बन्न नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र दुई जना आकांक्षी देखिएका छन् ।
जैमिनी नगरपालिकाका वर्तमान नगर उप प्रमुख लिला राना र एमाले जैमिनी नगर कमिटीका अध्यक्ष बद्री ढुंगाना यसपटक हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा आफू आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।
यस्तै यसपटक जैमुनी नगरपालिकाको नगर प्रमुख बन्नको लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जैमुनी नगर कमिटीका अध्यक्ष लालबहादुर परियार र माओवादी केन्द्र जैमुनी नगर अध्यक्ष झमन पाण्डे आकांक्षी रहेको भन्दै पार्टीले जिम्मेवारी दिए यसपटक जैमुनी नगरपालिकाको नेतृत्व गर्ने हिडन खबरलाइ बताउनुभयो ।
यसपटकको निर्वाचनमा कुन पार्टीको के कसरी चुनावी गठबन्धन हुने हो अहिलेसम्म ठेगान लागेको छैन । यतिबेला नगरपालिकाको नगर प्रमुख बन्नको लागि भने केन्द्र प्रदेश जिल्ला तह देखि गाउँ तहका नेताहरू आआफ्नो पक्षका नेताहरू संग घनिभुत रूपमा छलफलमा ब्यस्त देखिन्छन् ।
गठबन्धन कै अर्को दल राष्ट्रिय जनमोर्चामा चुनावी आकांक्षी नेताहरू भएपनि पार्टीको फलामे अनुशासनका कारण आफ्नो नाम सार्वजनिक गर्न चाहेका छैनन् ।









