ताराखोला गाउँपालिकाको अध्यक्षमा ३ दलका ५ आकांक्षी

-


     हिडन खबर    
     चैत्र २ गते २०७८ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन झण्डै दुई महिना बाकी रहदै गर्दा स्थानीय तहको नेतृत्व हात पार्नका लागि यतिबेला राजनीति पार्टीका नेताहरू राजनीति जोडघटाउमा छन् ।

बागलुङको ताराखोला गाउँपालिकामा नेतृत्व गर्नका लागि वर्तमान गाउँपालिका अध्यक्ष प्रकाश घर्ती यसपटक पनि आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।

ताराखोलामा थुप्रै विकास निर्माणका काम गरेको र कतिपय काम अझै अधुरो रहेको हुँदा त्यसलाई पूरा गर्न र ताराखोलालाई नमुना गाउँपालिका बनाउन आफु यसपटक पनि दोहोरीन चाहेको ताउनुभयो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र गण्डकी प्रदेश सदस्य भबिकला रोका ,प्रदेश सदस्य नरेश केसी पनि ताराखोला गाउँपालिकाको अध्यक्ष पदको लागि सशक्त दाबी रहेको हिडन खबर लाई बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा नेपाली कांग्रेस ताराखोला गाउँपालिकाका सचिव नवराज सुवेदी र नेपाल कम्युनिस्ट पार्टी एमालेबाट ऋषिराम रोका गाउँपालिकाको अध्यक्ष पदको लागि आकांक्षी रहेको हिडन खबरलाई बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा ताराखोला गाउँपालिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले एक्लै निर्वाचन जितेको कारणले यसपटक पनि निर्वाचन आफ्नो पक्षमा आउने आकल गरिरहेका छन् ।

यसपटकको निर्वाचनमा स्थानीय तहमा के कस्तो गठबन्धन हुने हो त्यसको अहिलेसम्म केही टुंगो लागिसकेको छैन ।