
स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस (वी.पी.) जिल्ला कार्यसमितिले जिल्ला निर्वाचन कार्यालय बागलुङमा दर्ता गरेको हो ।
नेपाली कांग्रेस (वी.पी.)बागलुङका सभापति धना आचार्यले बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिनको लागि आइतबार दर्ता गरेको बताउनु भयो । नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यसपटक नेपाली कांग्रेस (वी.पी.)ले बागलुङको स्थानीय तहमा यसपटक महत्त्वपूर्ण पदमा उमेदवारी दिने तयारी रहेको आचार्यले बतानु भयो । बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सार्वजनिक भए संगै निर्वाचन कार्यालय बागलुङमा राजनीतिदल दर्ता गर्ने क्रम चलिरहेको छ ।












