तमानखोला गाउँपालिकाको अध्यक्षमा दुई पार्टीका ५ आकांक्षी

-


     हिडन खबर    
     चैत्र ४ गते २०७८ मा प्रकाशित


आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको वातावरण बन्दै जान थालेपछि गाउँ गाउँमा राजनीतिक पार्टीको चुनाव केन्द्रत गतिविधि बढ्दै जान थालेको छन् ।

बागलुङ जिल्लाका ६ वटा गाउँपालिका मध्य पश्चिम तमानखोला गाउँपालिको नेतृत्व हात पार्नको लागि राजनीति पार्टीको सक्रियता बढेर गएको छ ।

तमानखोला गाउँपालिकामा यसपटक फेरि नेतृत्व गर्नको लागि वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढा अगाडि देखिनु भएको छ ।

गाउँपालिकामा ५ बर्षको अवधीमा जनताले अनुभूती गर्ने गरि विकासको मार्ग कोरेकोले आफुले शुरूवात गरेकोे महत्त्वपूर्ण विकास निर्माणकार्य पुर्णता दिन अझै एक कार्यकाल काम गर्न इच्छुक रहेको हिडन खबर राजनीति ब्युरोलाई बताउनुभयो ।

यस्तै नेपाली कांग्रेस पार्टीबाट गाउँपालिका अध्यक्ष बन्नको लागि जिल्ला सदस्य चुडामणि छन्त्याल र प्रदेश ख का सदस्य खगेन्द्रमान पुन आकांक्षी रहेका छन् । पार्टीले जिम्मेवारी दिएको खण्डमा गाउँपालिका हाक्न तयार रहेको हिडन खबरलाइ बताउनुभयो ।

बैशाख ३० गते हुने निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट दुई जना नेता आकांक्षी देखिएका छन् । यसपटक तमानखोला गाउँपालिकाको अध्यक्षको नेतृत्व हात पार्न माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष प्रेम बहादुर रोका र जिल्ला समन्वय समितिका सदस्य देव बहादुर पुन आकांक्षी रहेको हिडन खबरलार्इ जानकारी प्राप्त भएको छ ।

तमानखोला गाउँपालिकामा अहिलेसम्म एमालेका कुनै पनि नेता अध्यक्षको लागि आकांक्षी देखिएका छैनन् ।
राष्ट्रिय जनमोर्चाको भने पार्टीले नाम सिफारिस नगर्दासम्म बाहिर उमेदवारको आकांक्षी हुन नपाउने नितिका कारण नाम चर्चामा आएको छैन ।

जिल्लामा रहेका राजनीतिक पार्टी चुनावी गठबन्धनको लागि छलफल गरेपनि यसपटकको निर्वाचनमा केकस्तो राजनीति गठबन्धन हुने हो अहिलेसम्म त्यसको केही ठेगान लागेको छैन ।