गलकोट नगरपालिकाको प्रमुखमा एमाले र माओवादीका ८ आकांक्षी

-


     हिडन खबर    
     चैत्र १ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा हुने तयारी निर्वाचन आयोगले गरे लगत्तै बागलुङ जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ ।

जिल्लामा क्रियाशील प्रमुख राजनीतिकदलहरू चुनावी जोड घटाउमा ब्यस्त देखिन थालेका छन् ।

बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्यको गलकोट नगरपालिमामा नगर प्रमुख बन्नको लागि नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट जिल्ला संयोजक ज्ञामनाथ गैरे(अनिल), प्रदेश कमिटि सदस्य फमलाल निउरे, चन्द्रवहादुर थापा (शिखर), नगर अध्यक्ष तिकल उप्रेति, उपाध्यक्ष गंगा भुजेल र नगर सचिव चन्द्र रेग्मी आकांक्षी रहेका छन् ।

यस्तै नगर प्रमुख बन्न नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र दुई जना आकांक्षी देखिएका छन् । गलकोट नगरपालिकामा एमाले प्रदेश कमिटि सदस्य याम वहादुर श्रीष र बागलुङ लिल्ला कमिटिका उपसचिव एवं गलकोट नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीष यसपटक हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा आफू आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो ।

यतिबेला नगरपालिकाको नगर प्रमुख बन्नको लागि केन्द्र ,प्रदेश, जिल्लातह देखि गाउँतहका नेताहरू आआफ्नो पक्षका नेताहरू संग घनिभुत रूपमा छलफलमा ब्यस्त देखिन्छन् ।